हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

किराँत राई यायोक्खा कतारको छैटौ अधिबेशन सम्पन्न,अध्यक्षमा एकराज राई

k

कतार – दोहा कतारमा रहेका किरात राईहरुको संगठित संस्था  किराँत राई यायोख्या शाखा कतारको छैटौ अधिबेशन २५ नोभेम्बर शुक्रवारका दिन दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष अमृत राईको सभापतित्व तथा नेपाल प्रबासि आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अथितिका रुपमा नेपालबाट कतार आउनु भएका प्रख्यात कबि हेमन यात्री उपस्थित हुनुहुन्थ्यो।

संस्थाका महासचिब एकराज राईले संचालन गर्नु भएको सो कार्यक्रममा अन्य बिशेष अतिथिहरु किराया साखा कतारका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लहाकार धिरज चाम्लिङ, बिशेष सल्लहाकार तथा सस्थाका पूर्व अध्यक्ष चन्द्रशेर राई, एनआरएनए आइसीसी कतारका सदस्य बिनोद प्रसाद भट्टराई, एनआरएनए एनसिसि कतारका अध्यक्ष बिनेश तामाङ हुनुहुन्थ्यो।

बैचारिक सस्थाका तर्फ बाट नेपाली जनसम्पर्क समितिबाट अजिज अलि, प्रबासी नेपाली मन्चबाट गणेश शिवा, नयाँ  शक्ति नेपालबाट देब परियार तथा समाजसेवी एबम बुद्धिजीवीहरु क्रमसः दिल किरण खुजुम , बिल गुरुङ, क्रान्ति सिंह, चानक पोख्रेल आदिले उपस्थिति जनाउदै कार्यक्रमको सफलताको सुभेच्छा र नव गठित कार्यसमितिलाई अग्रिम बधाई तथा शुभ कामना पनि दिनु भएको थियो।

दोहामा गठित बिभिन्न जिल्ला सस्था र जातीय सस्थाका थुप्रै मातृ संस्थाका  पदाधिकारी तथा प्रतिनिधिहरुले पनि उपस्थिति जनाउनु भएको यो कार्यक्रममा राई जातिहरुको जातीय भेषभूषामा सजिएका महिला तथा पुरुषहरुबाट आफ्नो जातिको बिशेष गीतको सामुहिकको सामुहिक गायन प्रस्तुत गरिएको थियो भने किरात राई यायोक्खा कतार साखाबाट प्रकाशित “नियामा” पुस्तकको पनि बिमोचन गरिएको थियो।

किरातहरुको इतिहास, सस्कार, सस्कृति र पहिचानलाई समेटिएको उक्त विमोचित पुस्तकका बारेमा प्रकासन समुहका कार्यकारी सम्पादक देबराज राईले बृस्तित जानकारी दिनु भएको थियो । २ वर्ष समयाबधि रहने गरि गठन गरिने किराया कतारको २०१६-२०१८ कार्यकालका लागि एकराज राईको अध्यक्षतामा २१ सदस्सिय नया कार्य समितिको गठन गरेको छ।

जसमा प्रथम उपाध्यक्ष लोक बहादुर राई, दितीय उपाध्यक्ष शरण राई , महासचिब प्रदिप कुमार राई, सचिब बिमल राई, कोषाध्यक्ष भुपाल राई, सह कोषाध्यक्ष सन्तोस कुमार राई, सदस्यहरुमा देबराज राई, ईश्वर राई, सिता राई, बिज्ञान राई, सुबिन राई, मिना राई, दिपिका राई, ज्ञानु राई, नैराज राई, छत्र बहादुर राई, प्रेम बहादुर राई, शंकर बहादुर राई, रेखा राई रहनु भएको छ।

-सिताराम थापा,कतार 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution