आदिवासी जनजाती महासंघ कुवेतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश राई

कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतको प्रथम ऐतिहासिक अधिवेशन विविध जातीय झाँकीहरु प्रस्तुत गर्दै भव्य रुपमा सम्पन्न भएको छ। “पहिचान अधिकार सहितको संघीयता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ जिलिव स्थित वेडिङ हलमा सम्मन्न अधिवेशनले रमेश राई चट्याङलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ।
कुवेतमा कृयाशिल जातीय संस्थाहरु मध्ये तमू समाज कुवेत, तामाङ घेदुङ कुवेत, किरात राई यायोक्खा कुवेत, तमू प्यल्हु संघ कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेतले आ-आफ्ना जातिय झाँकीहरु र कुवेतका स्थानिय कलाकारहरु, राजु थापा गीत, माया राई नृत्य, प्रस्तुत गरेका थिए।
कार्यक्रममा गुण बहादुर सुनुवार, अम्बिका जोशी, भोगेन्द्र लिङदेन, मनु मगर, राज थेगिम लिम्बू, युग लामा, दिल पुन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसैगरी कार्यरक्रममा आ-आफ्नो मन्तव्य राख्दै अधिकंश वक्ताहरुले आदिवासी जनजातीहरुलाई राज्यले हेपाहा प्रवृतिलाई निरन्तरता दिएको भन्दै नेपालको वर्तमान संविधान प्रति तिब्र असन्तुष्टी जनाउँदै संशोधनको लागी जोड दिएका थिए।
नेपाली राजदूतावासका प्रथम सचिव अम्बिका जोशीको प्रमुख आतिथ्यता, दित्तिय सचिव भोगेन्द्र लिङदेन, गैर आवासिय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतका अध्यक्ष अर्जुन तामाङ लगायतको बिशेष आतिथ्यता र रमेश राई चट्याङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बसन्त थापा मगर, अमृत तामाङ र सुरेश ग्याबा तामाङले संचालन गरेका थिए। स्वागत मन्तव्य महासंघका कोषाध्यक्ष राजु गुरुङ, महासंघका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए।
कार्यक्रम स्थलबाट भोजपुरको अग्नि पीडितहरुको राहतको लागी भोजपुर सेवा समाज कुवेतद्वारा संचालित अभियान “लौन केही त गरौं” अभियानमा १ सय ५४ कुवेती दिनार ५ सय फिल्स संकलन भएको छ।
निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुमा क्रमश – संरक्षक : अमित राई,सल्लाहकारहरु:राजेन्द्र तामाङ, खोपबहादुर गुरुङ, बसन्त थापा मगर, मनु मगर, अगम सुब्बा, राम लामा घलान, मित्र सिंजाली मगर, श्याम लामा, शिव श्रेष्ठ, दिल पुन मगर, अमृत गुरुङ,अध्यक्ष : रमेश कुमार राई,प्रथम उपाध्यक्ष : दुर्गा चेम्जोङ लिम्बू,द्वितीयत उपाध्यक्ष : गोपाल गुरुङ,तृतिय उपाध्यक्ष : याम सुनुवार,महिला उपाध्यक्ष : मधुमाया मगर,महासचिव : अमृत तामाङ,सचिव : अर्जुन याक्तेन लिम्बू,कोषाध्यक्ष : राजु गुरुङ,सह कोषाध्यक्ष : नुमा राई,प्रवक्ता : युग लामा,संगठन बिभाग प्रमुख : मन्जित राई,संगठन बिभग उप प्रमुख: राजन श्रेष्ठ , साँस्कृतिक बिभाग प्रमुख: डीबी लोप्चन तामाङ,साँस्कृतिक बिभाग उप प्रमुख : यम गुरुङ,खेलकुद बिभाग प्रमुख: ऋषि थापामगर,खेलकुद बिभाग उप प्रमुख : नवीन लोप्चन तामाङ,युवा बिभाग प्रमुख : दिलकुमार पाख्रीन,युवा बिभाग उप प्रमुख : केदार कुमार मगर,संचार बिभाग प्रमुख : कोशराज राई,संचार बिभाग उप प्रमुख : जय आलेमगर,फोटो पत्रकार : सुरेश गुरुङ,सदस्यहरु: हर्क मोक्तान तामाङ,दावा शेर्पा,मानबिर लामा,राजकुमार राई,रमिता योन्जन,शोभा गुरुङ,बबिता गुरुङ,कृष्णबहादुर तामाङ,रवि चेन्जि माबो लिम्बू, हरी लावती, एक्साहाङ लिम्बू, हेमसागर योङ्हाङ, जितेन चेम्जोङ,गंगा जवेगु, मनहरी प्रधान, डेन्डी शेर्पा, निहा राई,धनबिर राई,हेमराज राई, मंगलदास डंगोल,डिक प्रसाद गुरुङ र उदास श्रेष्ठ रहनु भएको छ |
-कोशराज राई/ दिलकुमार पाख्रीन @ परदेशीखबर