हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बहराइनमा सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

%e0%a4%ac
तामाङ समाज बहराइनले तामाङ समुदायको  मौलिक पर्व २८५३ सोनाम ल्होछार ज्या ल्हो (चरा बर्ष) आउँदो ०२ फेब्रुअरी २०१७ (बिहीवार) डेलमुन होटेल प्राङ्गणमा साँझ ७:०० बजे देखि भव्यताको साथ मनाउने भएको छ |

 बहराइन राष्ट्रमा स्थापना काल देखि नै सक्रिय रुपमा तामाङ जातिको भाषा,भेषभुषा,धर्म,कला संस्कार संस्कृतिलाई जगेर्ना गर्दै,बहराइनमा अवस्थित सम्पुर्ण नेपाली संघ संस्थाहरु संग हातेमालोका साथ साथै विभिन्न सामाजिक कार्यहरुमा अग्रणी भुमिका निर्वाह र सहकार्य गर्दै आईरहेका यस तामाङ समाज बहराइनले,बिगत बर्षहरुमा झैँ यस बर्ष पनि तामाङ समुदायको मौलिक पर्व २८५३ औं ज्या ल्हो (चरा बर्ष)सोनाम ल्होछार,वैदिक पुजापाठ लगायत विविध साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरि भब्य संग मनाउने  २५ नोभेम्बर २०१६ मा बसेको संस्थाका विशेष बैठकद्वारा  निर्णय  गरेको हो |

उक्त ल्होछार पुजापाठ तथा साँस्कृतिक कार्यक्रममा उपस्थित भई  कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल पारिदिनु हुन बहराइन स्थित सम्पुर्ण सामाजिक संघ संस्था,ब्यबसायी,पत्रकार साथै आम बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बहराइन तामाङ सेवा समाज ले हार्दिक अनुरोधको साथ निमन्त्रणा गरेको छ |

साथै उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रमहरु नराखी सहयोग गरिदिनु हुन पनि समस्त संघ संस्थाहरुलाई अनुरोध  गरेको  छ |

थप जानकारिको लागि सम्पर्क : हर्क लो तामाङ – ३६८४०९८५,श्रवन मिक्चन तामाङ – ३६०६६४३५,सोनम दोङ तामाङ – ३६१३८२२९
र च्याङ्बा लामा तामाङ – ३६२९४७२५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution