एकताको साता नवित्दै राप्रपामा वैचारिक विवाद , फेरी फुट्ला त ?

काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच एकता भएको एकसाता नवित्दै राप्रपामा वैचारिक विवाद देखिएको छ । राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा अब गणतन्त्रबाट फिर्ता हुन नसक्ने अभिव्यक्ति दिएपछि तत्कालिन राप्रपा नेपाल निकटका नेता तथा कार्यकर्ताले आशंकित बनेका हुन् ।
“विवादित विषयको टुंगो महाधिवेशनबाट लगाउने भनिएको हो,” अध्यक्ष तथा संसदीय दलका नेता कमल थापा नजिक मानिएका नेता मोहन श्रेष्ठले भने, “तर राष्ट्रिय अध्यक्षले नेता तथा कार्यकर्ताको भावनाविपरित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ । यो राम्रो होइन ।” उनले शीर्ष नेताकै यस्तो अभिव्यक्तिले कार्यकर्ता थप अलमलमा पर्ने समेत बताए । हिन्दु धर्मको एजेण्डामा सहमत हुँदै गणतन्त्र र संघीयताका सन्दर्भमा पार्टीको आधिकारिक धारणा तीनमहिनाभित्र महाधिवेशन गरेर मात्रै सार्वजनिक गर्ने गरी दुई पार्टीबीच एकता भएको थियो ।@ बाह्रखरी |