इजरायलको हाइफामा भिषण आगलागी,आतंककारीको हात रहेको आशंका

इजरायलको हाइफ़ामा आज बिहान करिब ११ बजे देखि शुरु भएको भीषण आगलागी भईरहेको छ | आगो निभाउन आकाशबाट अग्नि नियन्त्रक जहाज र जमिनबाट दजनौ दमकलको प्रयोग गरी निरन्तर प्रयास गरेपनि अझै नियन्त्रण हुन सकेको छैन ।
करिब ६० /६५ हज़ार जति इजरायलीहरू सुरक्षाको लागि आगलागि भएको बस्तीबाट अन्य सुरक्षित ठाउँमा सारिएको छ । आगो निभाउन हुरी बतास चलिरहेको कारण झनै कठिन भएको छ | आगलागी अरबीक आतंककारीले गराइएको बताईएको छ ।सोचपुछको लागि ४ जनालाई पक्राउ गरेको जनाएको छ |
इजरायलको प्रधानमन्त्रि बेन्जमिन नेतान्याहूले आगलागीमा आतंककारीको संग्लन रहेको पाइएमा कुनै पनि हालतमा नछाड्ने बताएको छ |
आगलागी नियन्त्रणको लागि टर्की, रुसीया,क्रोयसिय ,ग्रिस र इटलीवाट मगाएको जहाजले आकाशबाट केमिकलहरु छर्कीदै आगो निभाउने कार्य जारी राखेको छ | आगलागीले एउटा बस्ति नै सखाब परेको छ |