इजरायलमा सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले बिगतका बर्षहरुमा झैँ यसपाली पनि मन्जुश्री सम्बत – २८५३ सोनाम ल्होछार (ज्या ल्हो) चरा बर्ग आउँदो ३ फेब्रुअरी २०१७ (शुक्रबार)का दिन तेलअविव शहर स्थित याद खरुचिम -१५ (Yad Kharuchim -15) मा रहेको पार्टी हलमा भव्यताको साथ मनाउन गईरहेको संस्थाका महासचिव गोमा ख्युङ्वा तामाङ ( शरिन ) ले जानकारी दिनु भएको छ |
तामाङ जातिको भाषा , धर्म, भेषभुषा , कला , संस्कार र संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यका साथ सन् २०११ देखि प्रवासभुमि इजरायलमा मौलिक पर्व सोनाम ल्होछर भब्य रूपमा मनाउदै आइरहेको छ | इजरायलमा रहनु भएका तामाङ ज्यो ज्यो आले थेन नाना भुरिंङ लगायत गैरतामाङ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई ल्होछार कार्यक्रममा सहभागी हुनाको लागि नेपाल तामाङ घेदुङ इजरायलले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |