साईप्रसमा सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

नेपाल तामाङ घेदुङ साईप्रसले “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन” भन्ने नाराका साथ स्थापना भएको प्रथम वर्षमा महा-मञ्जुश्री संम्वत २८५३ सोनाम ल्होछार ज्या ल्हो / चरा वर्ग सॉंस्कृतिक कार्यक्रम आउँदो १२ फेब्रुअरी २०१७ (आइतबार) बिहान १० बजे देखि लिमासोल, साईप्रसमा भव्यताको साथ मनाउने भएको छ |
नेपालबाट अतिथि कलाकारहरुको साथ साथै स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने संस्थाका महासचिव मनमाया तामाङ(माया लोप्चन)ले जानकारी दिएको छ | साईप्रसमा रहनु भएका तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितको लागि नेपाल तामाङ घेदुङ साईप्रस द्वारा सबैलाई हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ |