हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

वैकल्पिक शक्ति किन ?

 

नेपाल विगत लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको छ । यो संक्रमण वि.सं. १९९७ सालबाटै सुरु भएको हो । झण्डै ७५ वर्ष वितिसक्दा पनि संक्रमणकाल अन्त्य हुन सकेको छैन । कतिपयले गणतन्त्र प्राप्तिसँगै नेपालमा संक्रमणकाल सुरु भएको भन्ने गरेका छन् । विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनसँगै अधिकार प्राप्त भयो । तर समृद्धि हासिल गर्न नसक्दा संक्रमणकाल अन्त्य हुन सकेन ।

वि.सं.१९९७ सालदेखि २००७ साल, २०२८ साल, २०४६ साल, ०५२ साल, ०६२/६३ सालसम्म अधिकार प्राप्तिका लागि भएका आन्दोलनहरुले मुलुकमा अनेकौं व्यवस्था फेर्‍यो । व्यवस्था परिवतर्नसँगै जनताका अधिकार प्राप्त भए । तर मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सकेन । यसको मूल कारण के हो ? यसतर्फ ध्यान दिनु अहिलेको मुख्य आवश्यकता हो ।

एकातिर मुलुकमा हुने हरेक पटकको आन्दोलनले पूर्ण रुपमा जनताको अधिकार प्राप्त हुन सकेन भने अर्कातिर आर्थिक समृद्धि र विकास हुन सकेन । कहिले कांग्रेसको नेतृत्वमा, कहिले एमालेको नेतृत्वमा त कहिले माओवादीको नेतृत्वमा आन्दोलन भए । ती आन्दोलनहरुबाट राजनीतिक अधिकार त प्राप्त भए तर आर्थिक समृद्धिको मुद्दा सधैं ओझेलमा पर्‍यो । ७६ वर्षभन्दा लामो समयसम्म संक्रमणकाल रहनु नेपाल र नेपालीका निम्ति दुर्भाग्यकै कुरा हो । २००७ सालको परिवर्तनपछि २०१५ सालसम्म नेपालमा राजनीतिक अस्थिरता यति बढी देखियो कि त्यसले राजनीतिक संक्रमणलाई अझ बढाइदियो । सात आठ वर्षको छोटो अवधिमा त्यत्तिकै संख्यामा सरकारहरु परिवर्तन भइरहे । राजनीतिक परिवर्तनपछि राज्यसत्तामा पूरानै प्रवृत्ति दोहोरियो । व्यवस्था परिवर्तनसँगै नेतृत्व परिवर्तन हुनुपर्नेमा त्यसो हुन सकेन ।

राणा, पञ्चायत, निरंकुश राजतन्त्र विरोधी आन्दोलनमा नेपाली जनताले पटकपटक सफलता प्राप्त गरेपनि नेपालको राजनीति सही बाटोमा हिँड्न सकेन । हामी यति लामो समयसम्म राजनीतिक, जाति, वर्ग, क्षेत्रको अधिकार प्राप्तिको लडाइँमा केन्द्रित भयौं । यसअघिका आन्दोलनहरु राजनीतिमुखी थिए । विकासमुखी भएनन् । राजनीतिमुखी आन्दोलनले जनताका हक अधिकार त प्राप्त भए तर जीवनस्तर परिवर्तन हुन सकेन । अब हाम्रो आन्दोलन राजनीतिमुखी होइन, विकासमुखी हुनुपर्दछ । हामीलाई विकासमुखी राजनीतिको खाँचो छ ।

सात दशक लामो राजनीतिक आन्दोलनसँगै नेपालमा धेरैथरी शक्तिहरु राज्यसत्ताको पहुँचमा पुगे । कांग्रेस, एमाले, माओवादीलगायतले विकासमुखी कुरा नगरेका होइनन् । तर जनताको आर्थिक विकास र समृद्धिको सपना यी दलहरुले पूरा गर्न सकेनन् । एउटा दल सरकारमा पुग्यो, अर्कोले आन्दोलन गर्ने, अर्को पुग्यो अर्कोले आन्दोलन गर्ने संस्कारजस्तै बन्यो । पाँच वर्षसम्म कुनै पनि दलको नेतृत्वमा सरकार चल्न सकेन । यतिसम्म कि नेपाली कांग्रेसले २०४८ र २०५६ सालमा एकल बहुमत प्राप्त गर्दा पनि पाँच वर्ष सम्म पनि सरकार टिकेन । संसदीय व्यवस्थामा भएको खोटकै कारण यस्तो भएको हो । जनता यो पार्टीको नेतृत्वमा हुन्छ कि, त्यो पार्टीको नेतृत्वमा हुन्छ भन्ने अन्यौलतामा रहिरहे । तर जो–जसको नेतृत्वमा सरकार बनेपनि आर्थिक विकास र समृद्धिको दिशामा कुनै पनि सरकारले काम गर्न सकेनन् ।

संविधानसभाबाट निर्माण गरिएको संविधानमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख हुने व्यवस्था गरिएन । यहीँनेर हाम्रो समस्या देखियो । एकल बहुमत प्राप्त पार्टीले पनि पाँच वर्षसम्म सरकार टिकाउन नसक्नुका कारण संसदीय व्यवस्थामा कहीँ न कहीँ समस्या छ । अब संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गएर पूरानो त्रुटी सच्याउनु आवश्यक छ । लामो समयदेखि विकास र समृद्धिको चाहना पूरा नभएको अवस्थामा नेपाली जनतामा निराशा छाएको छ । पञ्चायतकालीन नेता, कांग्रेस, एमाले र माओवादीबाट समेत अपेक्षाकृत आर्थिक विकास र समृद्धि हासिल नभएपछि जनताले यतिबेला विकल्प खोजिरहेका छन् । मूलधारका राजनीतिक पार्टीहरुबाट आर्थिक विकास र समृद्धि सम्भव छैन भन्ने जनताको निष्कर्ष छ । तर विकल्प को हुनसक्छ भन्ने निक्यौल जनताले गर्न सकेका छैनन् । हुन त हामी नयाँ शक्ति विकल्प हौं भनेर दावी गरिरहेका छौं । तर जनताको स्तरबाट नयाँ शक्ति नै विकल्पका रुपमा खडा भइसकेको स्थिति अझै बनिसकेको छैन । हाम्रो प्रयास, जागरण र सक्रियताले जनतामा हामी नै विकल्प हौ भनेर देखाउनु पर्नेछ ।

यो मुलुकको आर्थिक विकास र समृद्धि कांग्रेस, एमालेलगायत पूराना राजनीतिक दलहरुबाट सम्भव छैन । उनीहरुबाट सम्भव थियो भने नयाँ शक्तिको खाँचो नै पर्दैन । ती दलले पटकपटक मुलुकको नेतृत्व गर्ने अवसर पाए । ती अवसरलाई उनीहरुले आर्थिक विकास र समृद्धि हासिल गर्ने कुरामा सदुपयोग गर्न सकेनन् । ठूला परियोजनाहरु निर्माण गर्ने कुरा गफमै सिमित भयो । मेलम्चीको पानी काठमाडौंमा ल्याउने कुरा, फास्ट ट्रयाक, निजगढमा विमानस्थल बनाउने कुरा योजनामै सिमित छन् । बन्द कारखाना खुलाउन सकिएको छैन । हावाबाट बिजुली निकाल्ने कुरा, रेल चलाउने कुरा पूरा गराउन सकिन्छ भन्ने कुनै संकेत पनि छैन । त्यस्तो अवस्थामा सबै राजनीतिक दलका नेतृत्वबाट जनता निराश छन् । यहीबेलामा विकल्प खोजिएको हो ।

नयाँ शक्ति पार्टीले आर्थिक समृद्धि र विकासको विकल्प दिनसक्छ त ? भन्ने प्रश्न पनि उठेको छ । हो, हामीले अब विकल्प दिनैपर्छ । हामीले पनि दिन सकेनौं भने जनतामा निराशा अझ बढ्ने छ । नयाँ शक्तिले त्यो विकल्प दिनै पर्छ । हामीसँग त्यो क्षमता पनि छ । अबको नेपाल यो वाद, त्यो वाद, यो जात, त्यो जात, यो वर्ग, त्यो वर्ग, यो क्षेत्र, त्यो क्षेत्र भनेर अलमलिने बेला होइन ।

नेपालीहरु विदेशतिर जाँदा हेपिने, भिसा नलाग्ने अवस्था छ । युरोप, अमेरिकाको भिसा लाग्यो भने नेपालीहरुको भुईमा खुट्टा रहँदैन । त्यो स्थिति किन भयो ? आफ्नो देश छाडेर जाने, समाज, परिवार, बालबालिका छाडेर जानुपर्दा पनि खुशी हुनुपर्ने अवस्था किन आयो ? यी सबै गरिवीकै कारणले हो । विदेश जाँदा नेपाली पासपोर्ट हेपिनुको खास कारण हामी गरिव भएरै हो । हाम्रो देश सानो पनि छैन । गरिव पनि होइन । हामीसँग योजना, भिजन र गतिलो नेतृत्व नभएकै कारण हामी पछाडि परेका हौं । हामीभन्दा साना र स्रोत साधन नभएका कयौं देशहरु समृद्ध छन् । सिंगापूर सानो छ । समृद्धिको उसको आफ्नै पहिचान छ । बेल्जियम युरोपकै सानो देश हो, उ धेरै समृद्ध छ । हामी किन त्यस्तो बन्न सकेनौं ? हामीसँग साधनस्रोत छन् । देशभित्र खोलानाला छन्, वनजंगल, जडिबुटी, हिमाल, पहाड, तराई छन् । सगरमाथा, बुद्ध जन्मेको लुम्बिनी हामीसँग छ । मानव स्रोत पनि हामीसँग छ । सक्षम नेपालीहरु छन् । हामीमा दिमाग नभएर गरिव भएको पनि होइन । अक्सफोर्ड, क्याम्ब्रिजमा पढ्ने पढाउने नेपालीहरु पनि छन् । तर हामी आफैं चाहिँ गरिव भइरहेका छौं । किन यस्तो भइरहेको छ ? यो गम्भीर प्रश्न हो । नेपाल कहिल्यै बन्दैन भन्ने युवाहरु पनि छन् । तर त्यस्तो होइन । हामीले नेपाललाई समृद्ध गर्न सक्छौं । हामीले युरोप अमेरिकाको सपना देख्ने होइन । हाम्रै देशलाई युरोप अमेरिका जत्तिकै आर्थिक विकास र समृद्धिको मार्गमा डोर्‍याउनु पर्छ । हामी सपना देखौं र यहीँ लागौं । नयाँ शक्तिले त्यो हिम्मत गरेको छ ।

हाम्रो आर्थिक समृद्धिको आधार के हो त ? भन्ने विषयमा हाम्रो पार्टीको अर्थ समितिले होमवर्क गरेको छ । अरुअरु पनि छन् आर्थिक समृद्धिका आधार निर्माण गर्ने कुरा । कृषिमा के हुनसक्छ ? जलस्रोतमा के गर्न सकिन्छ ? हाम्रो देशको आर्थिक समृद्धिको नीति के हुन्छ ? यो देशमा भएका साधनस्रोतहरुलाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भनेर पार्टीले अध्ययन गरिरहेको छ । चुनावका बेला विकासको यो चरणमा पुर्‍याउँछौं । सिंगापुर, स्वीजरल्याण्ड बनाउँछौ भनेर जनताले पत्याउनेवाला छैनन् । त्यसो गर्नु जरुरी पनि छैन ।

चुनावमा भोट माग्न जाँदा जनतामा हाम्रो विकास गर्ने यी यी आधारहरु छन् भनेर व्यवहारिक रुपमा देखाउनु पर्छ । हामीले कमसेकम केही जिल्ला, प्रदेश वा क्षेत्रमा भएपनि नमूना कामहरु गरेर देखाउनु पर्छ । नयाँ शक्ति आयो भने यो काम गर्ने रहेछ है भनेर देखाउनै पर्छ । हामीले पर्यटन, जलस्रोत, जडिबुटी, मानव संशाधनको प्रयोग गरेर यहीँ स्वरोजगार बनाउनेतिर सोच्नु पर्दछ । हामी प्राक्टीकल्ली काममा लाग्यौं भने जनताले विश्वास गर्नेछन् । त्यसभन्दा अगाडि नेतृत्वले नै पहिले आफूले गरेर देखाउनु पर्छ । भनेर मात्रै होइन गरेर देखाउनु पर्ने बेला आएको छ । नमूनायोग्य कामहरु सानो ठाउँमा गर्‍यौं भनेपनि त्यसको प्रभाव देशैभरि पर्छ । हामी त्यो पनि गर्ने कोशिसमा छौं । हामीले लेख्ने दस्तावेजहरु त छँदैछन् । हामी बढी आदर्शवादी हुनु जरुरी छैन, व्यवहारत जानुपर्छ । यसो गर्दा यो देशको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्ति यही हुन सक्छ भन्ने विश्वास गरेर जनताले नयाँ शक्तिलाई भोट हाल्नेछन् । त्यो दिन छिट्टै आउने छ । त्यसका लागि नयाँ शक्ति पार्टीका अभियन्ताहरुले मिहिनेत गर्नुपर्नेछ । हामी त्यो अभियानमा लागिरहेका छौं ।

 

-प्रल्हाद लामिछाने
सह-संयाेजक, केन्द्रीय कार्यालय / नयाँ शक्ति पार्टी, नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution