हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

कांग्रेसबाट राज्यमन्त्री को को बन्दैछ ? शुक्रबार सपथ कार्यक्रम

kaa

काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा कांग्रेसले शुक्रबारसम्ममा दश जनासम्म नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो ।

बिहीबार साँझसम्म सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने र शुक्रबार राज्यन्त्रीको शपथ गराउने गरी कांग्रेसले तयारी थालेको छ । सकेसम्म बिहीबार नै थप नेतालाई सरकारमा सहभागि गराउने तयारी भइरहेको जनाउँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘कुनै कारणले सम्भव भएन भने शुक्रबार हुन्छ ।’

पार्टीभित्रका गुठ÷उपगुठको सन्तुलन कायम गरेर नाम पठाउने तयारी गरेको स्रोतको दाबी छ । सभापति शेरबहादुर देउवानिकटका कम्तीमा चार, नेता रामचन्द्र पौडेल पक्षबाट तीनका साथै कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समुहबाट एक÷एक नेतालाई राज्यमन्त्रीमा पठाउने गृहकार्य भएको एक नेताले जानकारी दिए । नेता पौडेल निकटका चार नेतालाई राज्यमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

तर केन्द्रीय सदस्य विकले पहिले जस्तो गुठ वा समुहगत आधारमा नाम नदिइने दाबी गरे । ‘पहिला जस्तो यति तेरो यति मेरो होइन शीर्ष नेताहरुबीच सहमतिमै नाम जान्छ,’ उनले भने ।

कांग्रेसले दिलिप गच्छदार, दीर्घराज भाट, इन्द्र बानिया, दिपक खड्का, सीताराम महतो, जीवन परियार, अब्दुल रज्जाक, तारामान गुरुङ, सुरेन्द्र आचार्य, सुवर्ण ज्वारचन, मिथु मल्लमध्येबाट राज्यमन्त्री पठाउने तयारी छ ।

प्रधानमन्त्री मातहतमा रहेका मन्त्रालयहरुमा पनि कांग्रेसबाट थप नेता सरकारमा सहभागि गराउँदा मन्त्री थप गर्ने सत्ता साझेदार दलले गृहकार्य थालेको छ । साना दलका लागि राखिएका मन्त्रालयमा दुई राप्रपा एक भएसँगै उनीहरुबाट केही मन्त्री र राज्यमन्त्री थप हुनसक्ने स्रोतको दाबी छ ।

दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउने गृहकार्य गरेपनि अन्तिम सयममा शपथ स्थगीत गरेको थियो । त्यसपछि पार्टी भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशनका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेस भएसँगै सरकार विस्तार अन्योलमा पर्दै आएको थियो ।

साउन २०गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका दाहाल नेतृत्व वर्तमान सरकार हाल ३१ सदस्यीय छ । वर्तमान सरकारमा माओवादीबाट चार राज्यमन्त्रीसहित १३, कांग्रेसबाट १५, राप्रपा २ र नेकपा संयुक्तबाट एक जना मन्त्री छन् । @ नागरिकन्यूज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution