हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सरकारको प्रस्तावबारे संघीय गठबन्धनमा ‘मतभेद’

%e0%a4%aa

संविधान संशोधनको निम्ति सरकारले राखेको प्रस्तावलाई लिएर आन्दोलनकारी संघीय गठवन्धनभित्र मतभेद देखा परेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिन नसक्ने जनाएपछि प्रधानमन्त्री प्रचण्डले संशोधनको माग गर्दै आएका आन्दोलनकारीको साथ खोज्न बुधबार बैठक आयोजना गरेका थिए।

प्रधानमन्त्रीको प्रस्तावका बुँदा केहीले ठाडै अस्वीकार गरे भने कतिपय दलले त्यसलाई ‘पहिलो सकारात्मक कदम’ भनेका छन्।बैठकमा प्रधानमन्त्रीलाई आफूहरुले गरेको आग्रह सुनाउँदै तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले संवाददाताहरुसँग भने, “संशोधन प्रस्ताव ल्याउने कुरा सुन्दा सुन्दै हामी बुढो हुन लागिसक्यौं, आज फेरि सुन्यौं- तपाईहरुले दर्ता गराउनुस्।”

प्रधानमन्त्री प्रचण्डले चारवटा विषयमा संशोधन दर्ता गर्ने जानकारी गराउँदै केही विकल्प पनि प्रस्तुत गरेका थिए। वैवाहिक अंगीकृतलाई महत्वपूर्ण पदमा पुग्न संविधानमा लगाइएको रोक खुकुलो बनाउने, पाँच नम्बर प्रदेशका पहाडी जिल्लाको छुट्टै वा तीनलाई अन्य प्रदेशमा मिलाएर झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे आयोगबाट टुंगो लगाउने सहितका चार विषय संशोधनमा समेट्ने सत्तापक्षको भनाइ छ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको प्रारम्भिक प्रतिक्रिया सकारात्मक सुनियो। उनले भने, “धेरै सकारात्मक कुराहरु पनि भएका छन्, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय समाधान गर्ने रे, सिमाङ्कन पनि धेरै हदसम्म सुल्झाउने रे। जति माग पुरा हुन्छन् त्यसलाई स्वीकार गर्ने र बाँकीको निम्ति संघर्ष गर्ने हो, त्यसैले समर्थन, विरोध वा संशोधन के गर्ने भन्नेबारे प्रस्ताव आएपछि नै निर्णय गर्छौं।”

तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने सरकारी प्रस्ताव ठाडै अस्वीकार गरे।उनले भने, “अहिलेका चार प्रस्तावले समस्या हल हुँदैन। सात प्रदेशले पनि समस्या समाधान गर्दैन। र, आयोग पनि कसैको माग होइन।”बैठकपछि सत्तापक्ष संशोधनमा अघि बढ्न हौसिएको देखिन्छ।

प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, “सत्तारुढ पार्टीहरुबीचको छलफलको आधारमा संशोधन प्रस्ताव संसदमा लग्ने समझदारी बनेको छ।”

एमालेले साथ नदिने अवस्थामा फोरम नेपालको असन्तुष्टिका माझ संशोधन प्रस्ताव पारित हुन कठिन देखिन्छ। त्यसैले सत्तापक्षले संशोधन दर्तासँगै स्थानीय चुनावमा जाने सुनिश्चितता मोर्चाबाट खोजिरहेको पाइन्छ।@ बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution