हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

शेर्पा संघ धनकुटाका अध्यक्ष प्रेमसाङ्गे शेर्पाको निधन

%e0%a4%b8

-सन्तवीर मोक्तान तामाङ

मङ्सिर – ८ , धनकुटा÷ नेपाल शेर्पा संघ धनकुुटाका अध्यक्ष प्रेम साङ्गे शेर्पाको ५२ वर्षको उमेरमा मंगलावार दुःखद निधन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटाका परिषद सदस्य समेत रहेको शेर्पा लामो समय देखी झण्डिसको विरामवाट पिडित थिए । उनी केही दिन अघि धरान स्थित् विजयपुर हस्पिटलमा जण्डिसको उपचार गरिहेका थिए ।

जण्डिसको उपचार गराउने क्रममा शेर्पाको शरिरमा एक्कासी रगतमा हेमो ग्लोविनको मात्रा कम देखिए पछि ८ पाउण्ड रगत दिएको विजयपुर अस्पतालका म्यानेजिङ्ग डाईरेक्टर इन्दु नेपाल योञ्जन तामाङले जानकारी दिएका छन् । उनले रगत दिएको केही दिनमा दिशामा पनि रगत देखिए पछि अस्पतालमा इन्डिस्कपी गर्ने तयार गर्दा गदै शेर्पा मानसिक सन्तुलन गुमाएर उपचार कक्ष धरानवाट अचानक भागेर आफ्नो घर धनकुटाको जोरपाटी पुगेका थिए ।

उपचार नै डक्टरको सल्लाह अनुसार पुरा नगरी घर भागेका शेर्पा घर पुगे पछि एक्कासी, जे पायो त्यही वोल्ने, हामीलाई मार्छन, भाग्नु पर्छ भन्ने, एक्कै स्थानमा नवस्ने विराम लागेको शेर्पाका श्रीमती कान्छी शेर्पाले ब्लाष्टलाई वताइन । धरानवाट भागेर घर आए पछि एकैछिन पनि घरमा नवसेको जताततै भागेर राती पनि हिडेको हिडेकै गरेको श्रीमती कान्छी शेर्पाले वताईन ।

%e0%a4%b6%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%aa%e0%a4%be

घरमा वस्दा पनि चुपलागेर नवस्ने लामा पढ्ने, वेद वोकेर हिड्ने गरेको गरेको शेर्पाका श्रीमती कान्छी शेर्पाले वताईन । उनले विरामी मान्छे त्यो पनि चिसोमा राती हिड्दा हिड्दा शरिर भरी चोट लागेर धेरै कम्जोरी भएकै वेला अचानक वाहिर निस्कन खोज्दा मंगलवार १० वजे राती आफ्नै भान्सा घरको क्षतवाट झरेर पति प्रेमसाङ्गे शेर्पा गम्भिर घाईते भएको वताईन । उनले उपरचारको लागी तत्तकाल जिल्ला अस्पताल धनकुटा ल्याउने क्रममा वाटैमा ज्यान गएको वताएकी छन् । शेर्पाको १८ र १६ वर्षका दुई भाई छोरा छन् ।

वुधवार अपरान्ह जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी शेर्पाको मृतशरिरलाई परेवादिन गाविसको सिधुवा वजार स्थित् फुर्चिलिङ्ग गुम्वामा लगेर राखीएको छ । उनको वौद्ध परम्परा अनुसार साईत हेरेर दाहसंस्कार गरीने परिवारि श्रोतले जनाएको छ । उनी सिधुवा वजारमा रहेको फुर्चिलिङ्ग गुम्वा व्यावस्थापन समितिका सल्लाहकार समिति सदस्य समेत रहेका थिए भने तांखुवा गाविस वडा नं.९ स्थित् फलैंचामा रहेको आङ्गतेन्जीङ्ग ड्राईभिङ्ग सेन्टरका प्रोपाईटर समेत रहेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution