हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

मृगौला पीडित सुनबहादुरलाई सुस्मिता फाउण्डेशनद्धारा ६ लाख  हस्तान्तरण

15211623_1187366458011764_26279117_n

अमिर योञ्जन
मंसिर ८, काठमाडौं: नुवाकोटका दुबै मृगौला पीडित सुन बहादुर तामाङलाई छ लाख आट्ठारा हजार सात सय अठासी रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नेपाल सरकारका सहरी विकास मन्त्री अर्जुन नरसिं केसीको प्रमुख आतिथ्यमा सुस्मीता फाउण्डेशनका अध्यक्ष सुस्मीता तामाङले हस्तान्तरण गरेको हो ।

देश विदेशबाट फाउण्डेशनको खातामा संकलित भएको रकम चेकद्धारा हस्तान्तरण गरेको अध्यक्ष सुस्मिताले बताए । कार्यक्रममा मन्त्री केसीले बचाऔं अभियान चलाएर यो ठूलो रकम संकलन गरी दिइएकोमा संस्थाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बिरामी तामाङको सुस्वास्थ्यको कामना गर्दै कलाकार बिकु थोकरले जनताले भोट दिइएको नेताले जनताको काममा सहकार्य र सहयोगी हुनुपर्ने बताएका छन् । थोकरले भने, नेताहरले ‘बोलेर हैन, काम गरेर देखाउनु पर्ने बताए ।’

कार्यक्रममा औपचारिक कार्यक्रम सकिएपछि साँस्कृतिक कार्यक्रममा गरेको थियो । साँस्कृतिकमा तामाङ सेलो, म्हेन्दोमाया लगायतका कलाकारहरुले प्रस्तुति दिइएको थियो ।

सुस्मिताले देश विदेशमा रहेको आम सहयोगि हातहरुप्रति धन्यवादन ज्ञापन गरेका थिए । फाउडेशनको अभियानलाई साथदिने शुभेच्छुकहरु प्रति कृतज्ञता ज्ञापन गर्दै सहकार्य सदैव गरिरहने बताए ।

कार्यक्रममा तामाङ सांसाद दिलमान पाख्रिन, भूपु सैनिक मञ्चका अध्यक्ष दोर्जे बहादुर गुरुङ, कृष्ण बहादुर धिताल, तामाङ चलचित्र म्लाङ प्वाँहारका निर्माता बिकु थोकर लगायतको अतिथिहरु उपस्थिति थियो ।

काठमाडौंमा विमला सम्मानित

अमेरिकामा कराते प्रतियोगीतामा स्वर्ण पदक विजेता विमला तामाङलाई काठमाडौंमा सम्मान गरेका छन् ।
तामाङलाई सुस्मीता फाउण्डेशनले सुनबहादुर बचाऔं अभियानमा संकलित रकम हस्तान्तरण गर्ने कार्यक्रममा पदक विजेतालाई सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । तामाङको यो अन्तराष्ट्रिय प्रतियोगिताको दोस्रो पदक हो । साथमा मन्देकाजी श्रेष्ठ र मुकुन्द महर्जनलाई पनि सम्मान गरेको थियो ।

तामाङले अमेरिकामा भएको फिका इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी भई स्वर्ण पदक जितेका थिए । उक्त प्रतियोगितामा नेपाल लगायत अमेरिकाको विभिन्न राज्य, पुर्टिरिका, इक्वेडर, मेक्सिको र डोमेनिक रिपब्लिक गरी साढे तीन सय खेलाडीहरुको सहभागीता थियो । तामाङ १७ औं एसियाड दक्षिण कोरियामा रजत पदक नेपालको तर्फबाट जितेका थिइन् । र नेपाललाई पदक विहीनबाट बचाएका थिइन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution