हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

पूर्व मन्त्री लालबाबु पण्डितलाई अमेरिकाबाट भूपु नेपाली प्रकाश श्रेष्ठको खुल्ला पत्र

परम आदर्णिय भुपु मन्त्री लालबाबु ज्यु
क्रान्तिकारी जय नेपाल !

लालबाबु पण्डित जी तपाई मधेशमुलको नागरिक भएर पनि साम्प्रदायिक जातिय नारा नबोकिकन सधै मधेश, पहाड, हिमाललाई एउटै मालाको फूलका थुंगा सम्झिनु भएको अभिव्यक्ती सुन्दा तपाई प्रति श्रद्धा लाग्थ्यो । अझै तपाई सामान्य प्रशासन मन्त्री बहाल रहदाँ निजामती, सरकारी कर्मचारीहरु, शिक्षकहरु, प्रहरी, सेनाहरु लगाय राष्टुसेवक कर्मचारीहरुले विदेशको पिआर वा ग्रिनकार्ड लिएको छ भने जागीरबाट बर्खास्त गरिने किसिमका आवाज उठाएर कानुननै बनाउन सफल हुँदा सर्वत्र तपाईको गुनगान मज्जाले गायको सर्वविदितै छ।

वास्तवमा त्यो सराहनिय काम थियो र त्यस्तो हुनु पर्थ्यो, भयो राम्रो भयो । अझै कतिपय मन्त्री, सांसदहरुको समेत बेलायत, अमेरिकाको पिआर वा ग्रिनकार्ड साथमा रहेको पनि चर्चा आएको थियो । तिनीहरुलाई समेत नियम बनाएर कार्वाहीको प्रकृयामा जाने कुरा समेत उठेको थियो तर त्यो सवाल कहाँ सम्म पुग्यो जानकारीमा भएन । कतिपयले देश भित्रै रोजगारी नपाईरहेको अवस्थामा विदेशी पिआर/ग्रिनकार्ड गोजीमा राखेर सरकारी उच्चतहको जागिर खाने र अझै कालोधन्दामा समेत लागेर विदेशमा धनसम्पत्ती थुपार्ने जुन प्रचलन थियो त्यसले एकतर्फ बेरोजारी समस्या बढ्दै गएको र अर्को तर्फ विदेशमा धनसम्पत्ती प्रवाहित भईरहेको थियो।

यसतर्फ तपाईको कदम प्रसंसनिय नै थियो । हुनत यस कदमले नेपालमा अवैधरुपमा कमाएको धन वैध बनाएर विदेश पलायन हुन समेत ती व्यक्तीहरु जसले पिआर लिएका छन् उनीहरुलाई सहज भयो भन्ने कुरा पनि नउठेको हैन । यद्दपी एउटा नयाँ प्रणालीको विकास हुँदा आगामी दिनमा त्यसखाले गतिविधी नहुने भयो अर्थात् डिभी, पिआरवाला सरकारी/निजामती कर्मचारीहरु नहुने भए भन्ने सुनिश्चित भयो।

साँच्चिकै आर्थिक अनुशासन र पदिय दायित्व निर्वाह गर्न पनि राष्ट्रसेवक कर्मचारीहरु राष्ट्र र जनता प्रति उत्तरदायी हुनुपर्छ भन्ने पाठ यो नयाँ किसिमको आवाजले सबैलाई सिकाएको जनताहरु महशुष गरेकै थिए । तर तपाई पछिल्ला दिनहरुमा विदेशमा बस्ने नेपालीहरु विशेष गरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, युरोपका विभिन्न मुलुकमा बस्नेहरु प्रति बढीनै आक्रोसित भएको पाईयो । देश बनाउनेहरु देश भित्रै बस्नु पर्ने र देशका लागी योगदान गर्नुपर्ने तपाईको अभिव्यक्ती आफ्नो ठाउँमा उपयुक्त छ । यद्दपी ती देशमा जानेहरु र त्यतै बस्नेहरुको पनि विभिन्न बाध्यता र रहरहरु हुन सक्छन् भन्ने बुझ्नु पर्ने हुन्छ। त्यसको अलवा अाजको प्रविधी र संचारको विकाशले विश्वलाई एउटा आगन बनाईरहेको एवं विश्वव्यापिकरणको प्रभावबाट हरेक देशका नागरिकहरु गतिशिल भएर विश्वका विभिन्न ठाउँमा फैलिएको यथार्थतालाई आत्मसात गर्न सक्नु पर्ने हुन्छ।

त्यसो त ती विकशित देशमा बस्नको लागी स्थायी बसोवास अनुमति पत्र अर्थात् पिआर वा ग्रिनकार्ड र अझै अघि बढेर ती देशकै नागरिकता लिनु पनि कुनै नौलो कुरा भएन । यस्तो प्रकृयामा नेपाली मात्र हैन विभिन्न देशका आप्रवासीहरु समाहित छन् । त्यसो त विदेशमा बसेर विदेशी नागरिकता लिनेहरुलाई नेपालमा कुनै पनि अधिकार दिनु वा नदिनु नेपाल सरकारको अधिकारको कुरा नै हुने भयो। कतिपय मुलुकमा दोहोरो नागरिकताको कानुन छ त कतिपय मुलुकमा त्यस्तो व्यवस्था छैन । यद्दपी पछिल्लो समयमा आएर नेपालीहरु विदेशमा गएर विविध कारणले बसेर ती देशकै नागरिकता लिए पनि नेपालमा समेत आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकार सहितको नागरिकता दिने केवल राजनैतिक अधिकार नदिने भन्ने प्रावधान सहितको नयाँ संविधानमा व्यवस्था भईरहदाँ र एेनकानुन बनाएर कार्यान्वयन गर्ने अवस्थामा पुगिरहदाँ तपाई लालबाबु पण्डितले भने आफु चर्चामा आउन वा उग्र राष्ट्रवादी कहलिनको लागी एकदमै आवेगमा आएर अमेरिका लगायत विभिन्न देशहरुमा नागरिकता लिएर बस्नेहरु प्रति आक्रमक ढंगबाट प्रस्तुत भएको विभिन्न कार्यक्रममा देखियो।

विदेशको नागरिकता लिएकाहरु अवास्तविक नेपालीहरु हुन्, भुपु नेपालीहरु हुन् तिनीहरुले नेपाल प्रति सहानुभूति देखाउनु आवस्यक छैन, विदेशी नागरिकता नत्यागे सम्म नेपाल नटेक्दा पनि हुन्छ जस्ता अभिव्यक्ती दिएको पाईयो । अझै छिमेकी मुलुक भारतको एउटा राज्य/प्रान्त बिहारको समेत उदाहरण दिएर बहुराष्ट्रीय नागरिक हुन नसक्ने भन्दै विशेष गरि अमेरिकामा बस्ने नेपालीहरु प्रति बढी शव्दबाण प्रहार गरेको पाईयो । यसले कतिपय विदेशमा बस्ने नेपालीहरुको मन दुख्नु अस्वाभाविक हैन । वास्तवमा तपाईले एउटा कुरा किन बुझ्न नसकेको हो की नचाहेको हो केही बुझ्न सकिएन।

त्यो के भने केही शताव्दी पहिले विभिन्न देश विभिन्न कारणबाट गएर विदेशी नागरिकता लिएर त्यतैको बासिन्दा बनेकाहरुले समेत भावनात्मक रुपमा नेपाललाई माया गर्ने र नेपाली भाषी भन्दा गौरभ गर्छन्। भारतको दार्जिलिंग, सिक्किम, आछाम, गुहाटी लगायता ठाउँ र बर्मा, भुटान, थाईल्याण्ड लगायत मुलुकमा बसेका नेपाली भाषीहरुले अझै सम्म पुर्खाले अवलम्वन गरेका भाषा, संस्कृती, संस्कार, धर्म, रितिरिवाज, परम्परा मान्दै आएका छन् र आफ्ना सन्ततीहरुमा हस्तान्तरण गर्दै ती देशमा समेत नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिन संघर्षरत रहेको पाईन्छ।

त्यस्तै गरि अमेरिका आएर बस्नेहरुलाई समेत अमेरिकन सरकारले “नेप्लिज अमेरिकनकै” दर्जा दिन्छ न की अमेरिकन नागरिकता लिएकै आधारमा रैथाने अमेरिकनलाई प्रयोग गरिने शव्द” विशुद्ध अमेरिकन”। यसले पनि के देखाउँछ भने अमेरिकमा बस्ने नेपालीले कथमकदाचित अमेरिकन नागरिकता लिए पनि नेपाली नामोनिशान कहिकतैबाट मेटाउन सकिदैन । यसो त नेपालमै जन्मेर त्यही हावापानी, माटोमा हुर्केर अमेरिका आएर केही बर्ष बसोबास गर्दैमा नेपालनै चटक्कै भुल्न कसैले चाहदैमा र भुल्नै पर्छ भन्दैमा हुने कुरा हैन । त्यस्तै हरेक व्यक्तीको आफन्त, ईस्टमित्र, छिमेकीहरु सबै अमेरिका, बेलायत लगायत देशमा आएर बसिसकेको अवस्था पनि छैन।

त्यस्तै गरि नेपालीहरु भुटनिज नेपालीहरु जस्तो गरि पुनर्वास कार्यक्रममा आएका पनि हैनन् अर्थात् नेपालबाट जवर्जस्ती धपाईएर आएका पनि हैनन् । अत: यस्तो अवस्थामा नेपाल छोड्दैमा पुर्णरुपमा नेपाल तर्फ नजर पनि लगाउन नमिल्ने किसिमबाट अभिव्यक्ती दिईदै हिड्नु र नेपालमा रहेका सर्वसाधरणको भावनामा खेलेर मन जित्न खोज्नु दिवा सपना सिवाय केही हुँदैन । त्यसो त एउटा कुरा तपाई र तपाईकै राजनितिक दलका नेताहरुका परिवारकै सदस्यहरु, नातागोता, ईस्टमित्र, आफन्त पनि कतिपय अमेरिका लगायत अन्य मुलुकमा पिआर लिएर बसेका अझै नागरिकता समेत लिएका छैनन् होला तिनीहरुलाई रोक्न सक्नु भएको छ ?

पक्कै छैन । त्यस्तै तिनै देशमा( विदेशमा) भातृसंगठन अवैधरुपमा खोलेर राजनितिक कार्यक्रममा सहभागी हुन प्रतिनिधीहरु नेपाल बोलाउने, चन्दा माग्ने, संगठन विस्तार गर्ने, भाषणबाजी गर्ने काम पनि चलिरहेकै छ होला हैन र ? तपाईकै नेताहरुले” एकपटकको नेपाली सधैको नेपाली” देश विकासमा एनआरएनको लगानी भित्राउने कार्यक्रम बारे निकै चर्का भाषण गरेर शेष घलेहरु, जिवा लामिछानेहरुलाई समेत विभिन्न आयोजनामा लगानी गर्न जुरुकजुरुक बनाएका छन् होला । धेरै धनाढ्य एनआरएनहरु लगानी गर्न आतुर बन्दै बर्षको ३-४ पटक नेपाल ओहोरदोहर गर्दै गरेको पनि देखिन्छ । त्यसैले यस्तो किसिमको दोहोरो चरित्र किन देखाउन खोजिएको हो । यो तपाईको मात्रै व्यक्तीगत अभिव्यक्ती र रुचीको विषय हो की समग्र पार्टी एवं अन्य राजनितिक दलको पनि त्यस्तै निती बन्न खोजेको हो हामी जस्ता सर्वसाधरण जो विदेशमा बसेका छौ तिनीहरु अनविज्ञ भएकोले प्रष्ट पारिदिनु पर्यो । यसको लागी सादर अनुरोध गर्दै आजलाई पत्रको विट मार्ने अनुमति चाहन्छु।

उही भुपु नेपाली
प्रकाश श्रेष्ठ, बाल्टिमोर अमेरिका

(यस लेख लेखक प्रकाश श्रेष्ठक स्वयम्को निजी विचार हो) @ डीसीनेपाल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution