हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि औषधीय गुण

Oranges Growing on Tree

 

भिटामिन सि को भण्डार भएको फल हो । यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन् । यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ । तर यसका औषधीय गुणहरु पनि छन् ।

यदि कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ । । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।

अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हट्छ । सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा शरीरको छाला चम्किलो तथा नरम बन्छ ।

अनुहारमा बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हट्छ । सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी हुन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएकाहरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।

साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ । सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदाजनक हुन्छ । निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution