सरकार र मधेसी दल बीच तीन दिन भित्र संविधान संशोधन प्रस्ताव पेस गर्न सहमत

काठमाडौं, ८ मंसिर – तीन दिन भित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्न सरकार र मधेस केन्द्रित दलको संयुक्त लोकतान्त्रिक गठबन्धन सहमत भएको छ।
बालुवाटारमा बुधबार बिहान बसेको बैठकले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरी दुई तीन दिन भित्रमा व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बालुवाटारमा बसेको बैठकले सबैको सहकार्यमा संविधान संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।
बैठकमा सत्तारुढ दलका शीर्ष नेताका साथै मधेस केन्द्रित दलमा आबद्ध नेताहरुको सहभागीता थियो ।