आदिबासी जनजाति महासङ्घको नवौँ महाधिवेशन आगामी पुस २ देखि ४ गतेसम्म

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल आदिबासी जनजाति महासङ्घको नवौँ महाधिवेशन आगामी पुस २ देखि ४ गतेसम्म चितवनको सौराहामा हुने भएको छ ।
यसअघि मङ्सिर २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने सूचना बाहिर आए पनि त्यसलाई रद्द गर्दै पुसमा गर्ने निर्णय भएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिनुभयो । मगर समुदायको मगर परिषद् सम्पन्न गर्नुपर्ने समय र महासङ्घको महाधिवेशनको मिति जुध्न गएकाले पुसमा सारिएको अध्यक्ष कुमालले बताउनुभयो ।
मङ्सिर ३ गतेकोे भेलाले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष कुमालले बताउनुभयो |