काश्मिरमा आतंककारीले एक भारतीय सैनिकको शिर काटेर लग्यो

जम्मू–काश्मिरको माछिलमा आंतककारी हमलामा परी ३ भारतीय सैनिकको मृत्यु भएको छ । जम्मू–काश्मिरको नियन्त्रण रेखा नजिकै माछिलमा बिहान भएको आतंककारी हमलामा परी ३ सैनिकको मृत्यु भएको हो ।
घटना बिहान ११ बजे भएको हो ।भारतीय संचार माध्यमले जनाएअनुसार गस्तीमा गइरहेका ती सैनिकमाथि आंतककारीले हमला गरेका थिए ।
हमलाको क्रममा आतंककारीले एक सैनिकको शिर समेत काटेर लगेको भारतीय संचार माध्यम आजतक ले जनाएको छ ।यस घट्नापछि उक्त क्षेत्रमा सेना र आतंककारीबीच गोली हानाहान समेत भइरहेको जनाइएको छ । @ एजेन्सी