अन्तर्राष्ट्रिय तामाङ परिषद्को भेटघाट कार्यक्रम

– प्रतीक ङेसुर तामाङ
अन्तर्राष्ट्रिय तामाङ परिषद् र नेपालमा रहेका विभिन्न देशका तामाङ संस्थाका पदाधिकारीहरू बीच आज ( नोभेम्बर २२ तारिख) काठमाडौंमा भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रममा परिषद् अध्यक्ष महेन्द्रजंग तामाङ, उपाध्यक्ष मनिक लामा, सचिव प्रतीक ङेसुर तामाङ, नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाका अध्यक्ष बिगेन्द्रसिंह वाईबा, नेपाल तामाङ घेदुङ इजरायलका तृतीय उपाध्यक्ष छिरिङ रुम्बा, तामाङ समाज बेल्जियमका संरक्षक अनिता लामा मोक्तान र नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष सीता तामाङ (नानु गोम्जा) को उपस्थिति थियो ।
अनौपचारिक कार्यक्रममा परिषद्को उद्देश्य, गतिविधि, विधान र संरचना, यसले सन्चालन गर्नुपर्ने कार्यक्रमहरूका बारेमा छलफल भएको थियो । यसैगरी संस्थाका पदाधिकारीहरूले आआफ्ना संस्थाले सन्चालन गरिरहेको विभिन्न गतिविधिबारे जानकारी गराएका थिए । भेटघाट कार्यक्रममा छिरिङ रुम्बा श्रीमान् निमा पाख्रीन र नायिका सुकु मोक्तानको पनि उपस्थिति थियो ।