कतारमा चर्चित कलाकारहरुको साथमा सोनाम ल्होछार मनाउने तयारी

नेपाल प्रबासी तामाङ समाज कतारले बिगतका बर्षहरुमा झैँ यसपाली पनि मन्जुश्री सम्बत २८५३औ सोनाम ल्होछार (ज्या ल्हो) चरा बर्ग चर्चित कलाकारहरुको साथमा आउँदो २७ जनवरी २०१७ (शुक्रबार)का दिन बिहान ठिक १० बजे देखि दोह स्थित अल दाना रिसोर्ट उम सलाल अलीमा धुमधाम संग मनाउने भएको छ |
तामाङ जातिको भाषा , धर्म, लिपि, संस्कार र संस्कृतिलाई जोगाइ राख्नुपर्छ भन्ने मुल उद्धेश्यका साथ सन् २००५ मा स्थापना भए देखि नै आफ्नो मौलिक पर्व सोनाम ल्होछर भब्य रूपमा मनाउदै आइरहेको छ |
यसपालिको ल्होछारको लागि चर्चित राष्ट्रिय कलाकारहरु – प्रेम लोप्चन (बरिस्ठ सैलुङ्गे जुवारी सेलो गायक), इन्दिरा गोले (बरिस्ठ सेलो गायिका तथा नेपाल तामाङ कलाकार संघ को बर्तमान अध्यक्ष ),टीका बम्जन(बरिस्ठ सेलो गायक तथा सङ्गितकार ),रोशन फ्युबा (बरिस्ठ म्हेन्दोमाया गायक तथा सङ्गितकार),सुकु मोक्तान (तामाङ चलचित्र क्षेत्र की चर्चित नाइका तथा फिल्म निर्माता), शान्ति मम्बा ( चर्चित म्हेन्दोमाया गायिका),उत्तर लामा सङ्गुल(चर्चित तामाङ पहिलो र्याप गायक), सुन्दर मोक्तान (योङ स्टार) चर्चित सेलो गायक , सुकमान मोक्तान (कुमार ओख्रेली)युवा सेलो गायक, पासाङ तामाङ (चर्चित नृत्य निर्देशक),श्री पाख्रिन तामाङ (नृत्य निर्देशक ), शिशिर तामाङ (म्हेन्दोमाया युवा गायक ), दिनेश तामाङ (युवा सेलो गायक ), भिम तामाङ (युवा सेलो गायक ) र पासाङ मोक्तान (युवा सेलो गायक )को जोडदार प्रस्तुति रहने नेपाल प्रबासी तामाङ समाज कतारले जनाएको छ |
दोहा कतारमा रहनुहुने सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुको साथै गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागि नेपाल प्रबासी तामाङ समाज दोहा कतार परिवारले सबैलाई हार्दिक अनुरोधको साथमा निमन्त्रणा गरेको छ |
कार्यक्रम स्थलमा आउँन र जानको लागि हरेक ठाउँमा यातायातको सुबिधा गरिएको जनाएको छ।
कार्यक्रमको टिकट धमाधम बिक्री भैरहेको हुँदा आफ्नो सिट सुरक्षित गर्न एवं थप जानकारी / टिकट बूकिङको लागि – तिर्थ थिङ तामाङ :-७०३१७७३३ , तेज ब तामाङ:-७७२७०५९१ ,कमल तामाङ :-५०३१८४९३ ,नेत्र कुमार तामाङ :-३३७७३२१८ ,प्रकाश तामाङ :-३३६१३९५०,सन्देश तामाङ:- ७०७२८९८५ र धिरेन तामाङ :-६६०६५१०० सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ |