हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नयाँ शक्तिमा पुरुषको तुलनामा महिलाको सफलता – प्रतिवेदन

nsa

काठमाडौं– पार्टी घोषणापछिको जिम्मेवारी पुरा गर्नेमा नयाँ शक्तिमा महिला नेतृ अगाडि देखिएका छन् । पार्टीको केन्द्रीय अनुगमन कार्यदलले सवैभन्दा राम्रो काम महिला संयोजक रहेको प्रदेशमा रहेको निश्कर्ष निकालेको छ । पुरुषको तुलनामा महिला नेतृ संयोजक रहेको प्रदेशमा राम्रो काम भएको कार्यदलको प्रतिवेदनमा छ ।

नयाँ शक्तिको सोमवारबाट शुरु भएको केन्द्रीय कार्यकारीणी समितिमा कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको थियो । नयाँ शक्तिको सात नम्वर प्रदेश संयोजक लिला भण्डारीले आफ्नो प्रदेशमा अन्य प्रदेशको तुलनामा राम्रो काम गरेको रिपोर्ट दिएको हो । भण्डारी पूर्व शिक्षा राज्य मन्त्री हुन् ।

बामदेव क्षेत्रीको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलले कार्तिक पहिलो सातादेखि एक महिना काम गरेको थियो । सवै प्रदेशको कामको अवलोकन गरेर कार्यदलले आफ्नो रिपोर्ट दिएको थियो ।

कार्यदलको प्रतिवेदनको अंश

कार्यकारीणी समितिका एक केन्द्रीय सदस्यका अनुसार क्षेत्रीले वैठकमा भनेका थिए, ‘हामी अन्य प्रदेशमा पनि गयौँ, सात प्रदेशमा पुग्दा पार्टी बनेको अनभूति भयो । पार्टी छ भन्ने लाग्यो । समस्या त छन् । तर, अनेत्र भन्दा धेरै राम्रो पायौँ । त्यहाँ पार्टीका सवै विभागले राम्रो काम गरेको पाइयो ।’

%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf

नयाँ शक्तिको प्रदेश १ मा पासाङ शेर्पा, प्रदेश २ मा महेन्द्र पासवान, प्रदेश ३ मा गंगा श्रेष्ठ, प्रदेश ४ मा बलावती शर्मा, प्रदेश ५ मा सुरेन्द्र चौधरी, प्रदेश ६ मा झत्तबहादुर शाह र प्रदेश ७ मा लिला भण्डारी संयोजक छन् ।

सोमवारबाट शुरु भएको नयाँ शक्तिको वैठकमा विभिन्न ६ वटा कार्यदलले तयार पारेको कार्ययोजनाका विषयमा छलफल भएको छ । गत कार्तिक ३ गते बसेको पार्टीको विशेष राजनीतिक समितिको बैठकले पार्टीको आगामी योजना, संगठन निर्माण, आर्थिक स्रोत परिचालन लगायतका विषयमा कार्ययोजना तयार गर्नका लागि ६ वटा कार्यदल निर्माण गरेको थियो । ६ वटा कार्यदलले तयार परेको कार्य योजनालाई मूर्तरुप दिन बैठक केन्द्रित छ ।

आर्थिक स्रोत परिचालन सम्बन्धि कार्ययोजनामा पार्टीको खर्च व्यवस्थापनका लागि पार्टी सदस्यता तथा नविकरण शुल्क निर्धारण गरिने उल्लेख गरिएको छ । पार्टीको अगुवाईमा क्षेत्रगत रुपमा लघुवित्त कम्पनी, सहकारी संस्था, जलविद्युत आयोजना, होटल, कृषि सहकारी आदि संचालन गरी रोजगारी र स्वरोजगारी सृजना गर्ने प्रस्ताव पनि तयार गरेको छ ।

तीन दिन चल्ने बैठकमा पार्टी केन्द्रिय कार्य समितिका सदस्यहरु, आमन्त्रित सदस्यहरु, संरक्षण समितिका सदस्यहरु, विशेष आमन्त्रित सदस्यहरु सहित १ सय ५० जनाको सहभागिता छ ।

नयाँ शक्तिको एक सय सदस्यीय केन्द्रीय कार्यकारीणी परिषद्मा ३४ जना महिला छन् । @ रातोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution