तामाङ घेदुङ इजरायलको दोश्रो वार्षिकोत्सव भव्यताको साथ सम्पन्न

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको दोश्रो वार्षिकोत्सव कार्यक्रम गत हप्ताको शुक्रबार अर्थात् १८ नोभेम्बर २०१६ का दिन तेलअविव इजरायलमा भव्यताको साथ सम्पन्न भएको छ |
संस्थाका वरिष्ठ उपाध्यक्ष दिप्मा तामाङको संयोजकत्वमा भएको कार्यक्रमको सभापति संस्थाका अध्यक्ष कल्पना मोक्तान तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाली राजदुतवास इजरायलका कार्यवाहक महामहिम रामेश्वर पौडेल ,बिशेष अतिथिहरुमा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उर्मिला लामा तामाङ, नेपाली आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरुङ, अन्तराष्ट्रिय तामाङ परिषदका केन्द्रिय सदस्य सुन्दर सिंह लामा तामाङ,नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य लक्ष्मी योन्जन तामाङ,लामा गुरु थुप्तेन तामाङ, संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकर बी बी लामा तामाङ,अतिथिहरुमा इजरायल स्थित विभिन्न सामाजिक एवं धार्मिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिथी,संस्थाका भूपू र वर्तमान सल्लाहकारहरुको साथमा मिडियाकर्मीहरु रहनु भएको थियो |
संस्थाका प्रथम उपाध्यक्ष नानीमाया योन्जन तामाङले उपस्थित सम्पूर्ण महानुभावहरुका लागि स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक दिप्मा तामाङले दोश्रो वार्षिकोत्सवबारे ब्रिस्त्रित जानकारी सहित प्रकाश पार्नु भएको थियो | साथै वहाँले दोश्रो वार्षिकोत्सवको अवसर पारेर संस्थाको शैक्षिक कोष मार्फत नेपालका भूकम्पपिडित ६ जिल्लाको लागि शैक्षिक क्षेत्रमा नेपाली रुपियाँ ३ लाख सहयोग पठाउने घोषण गरेकी थिईन् |
संस्थाको दोश्रो वार्षिकोत्सवको अवसरमा केक काटेर खुशियाली मनाएका थिए भने संस्थाको बार्षिक प्रतिवेदन महासचिव गोमा ख्युङवा तामाङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिमला मोक्तान तामाङले वाचन गरि प्रस्तुत गरेका थिए | साथमा दोश्रो अधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई पदीय हैसियतको प्रमाण-पत्र निर्वाचन समितिका संयोजक सुन्दरसिंह लामा तामाङले वितरण गरेका थिए |
दोश्रो वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिने क्रममा बिशेष अतिथि निर्मला गुरुङ्गले सम्पूर्ण तामाङहरु एकजुट भई ताम्सालिङ प्राप्ति गर्न सफल होस् भनि कामना गर्नु भएको थियो | यसैगरी बिशेष अतिथिहरु – सुन्दर सिंह लामा तामाङले तामाङ भाषामा मन्तव्य शुरु गर्नु हुदै तामाङ् भाषामा सन्देशमुलक व्हाईखा (कविता) प्रस्तुत गर्नु थियो भने लक्ष्मी योन्जन तामाङले केन्द्रिय घेदुङले पठाएको शुभकामान सन्देश वाचन गर्नु भएको थियो | यसैगरी बी बी लामा तामाङले पहिचानको मुद्धालाई राजनीतिक रुपमा मात्र जोड दिंदा तामाङ समुदायको मौलिक भाषा ,धर्म ,भेषभुषा र कला तथा संस्कृतिलाई बिर्सदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संगसंगै अघि बढाउन ध्यान पुरयाउनुपर्ने बताएका थिए |
यसैगरी शेर्पा संघ इजरायलको अध्यक्ष आङछिरिङ शेर्पा , किराँत राई यायोक्ख नेपाल इजरायलका अध्यक्ष बालकुमार राई ,नेपाल मगर संघ इजरायलका उपाध्यक्ष बिष्णु पुन मगर ,योल्मो समाज इजरायलका अध्यक्ष पेमा डोल्मो योल्मो , घेदुङ इजरायल पुर्व सल्लाहकार दल बहादुर लोप्चन तामाङ र वर्तामान सल्लाहकार मिश्री योन्जन तामाङले दोश्रो वार्षिकोत्सव कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो |
शुभकामना मन्तव्यको क्रममा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उर्मिला लामा तामाङले प्रवासभुमि इजरायलमा सन् २०१० मै तामाङ समुदायको संगठन नेपाल तामाङ समाज इजरायल भएकोमा त्यसपाश्चात केन्द्रिय घेदुङ संग आवाद्ध हुनु पर्ने माग सहित २०१३ मा नेपाल तामाङ घेदुङ,इजरायल गठन भएपछि एकै देशमा तामाङ समुदायको दुई वटा संस्था हुन गएको र दुई संस्थालाई एकता हुनुपर्छ भन्दै स्वतन्त्र समुहका तामाङहरुको जोड सहित १४ नोभेम्बर २०१४ मा भएको बृहत भेला मार्फत नेपाल तामाङ समाज घेदुङ हुदै २०१५ मा सम्पन्न अधिवेशन देखि नेपाल तामाङ घेदुङ,इजरायलको रुपमा स्थापित भएको बताउनु भएको थियो | यसरी प्रवासी भुमिमा तामाङ समुदायलाई एकै थलोमा ल्याउन आफुहरु सबैले धेरै मिहनेत र प्रयास गर्नु परेको र अन्तमा एकताको सन्देश दिन सफल भएको बताउनु भएको थियो |
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि रामेश्वर पौडेलले बिदेशी भूमिलाई कर्मथलो बनाएको अवस्थामा समेत आफ्नो मौलिक धर्म ,भाषा ,साहित्य ,भेषभुषा,चाडपर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धन गर्न देखाउन भएको तत्परता र उत्साह प्रशंसानीय रहेको छ | आगामी दिनमा पनि आफ्नो पहिचान स्थापित गराई आफ्नो परम्परा एवं संस्कृतिको प्रवर्द्धन गर्न यहि तत्परता र उत्साहका साथ बढ्न प्रेरण मिलिरहोस् भन्ने कामना गर्नु भएको थियो |
अन्तमा सभापति एवं संस्थाका अध्यक्ष कल्पना मोक्तान तामाङले दोश्रो वार्षिकोत्सव कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु एवं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभई कार्यक्रमलाई शोभा बढाई सफल पार्नु भएकोमा धन्यवाद व्यक्त गर्नु हुँदै आगामी दिनहरुमा पनि सबैको सहयोग र साथ पाउने अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो |
संस्थाका महासचिव गोमा ख्युङबा तामाङ (शरिन) र सचिव सिता कुमारी घिसिङ तामाङले कुशलतापुर्वक उत्घोषणा गर्नुभई संचालन गरेका थिए |