हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ह्याङला सोनाम ल्होछार – अझै भ्रम किन ?

kb

-कुमार ब्लोन तामाङ

तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार नजिकै आउंदै  गर्दा तातोतातो बहस सुरु भएको छ । सो बहस हुनु एक किसिमले राम्रो नै हो । प्रवासमा रहेका केही तामाङ संस्थाले  त सोनाम  ल्होछारको कार्य तालिका समेत सार्वजनिक गरिसकेका छन । कतार र ओमनले तयारी सुरु गरि सकेको छ भने अरु देशका तामाङ संस्थाहरु तयारी गर्ने तरखरमा देखिन्छ । २०४६ सालबाट तामाङ समुदायले सार्वजनिक रूपमा मनाउन थालेको सोनाम ल्होछार २०५१ सालबाट राज्यले राष्ट्रिय पर्वको रुप बिदा दिएको हो ।

k1
सोनाम ल्होछार तामाङ समुदायको होइन भन्ने लामा गुरु तथा समर्थकहरु सोनाम ल्होछारको पात्रो छैन, सोनाम ल्होछार बि.स. पात्रो (सौर्य) अनुसार मनाउछन् , सोनाम ल्होछार १२ औ महिना मनाउने गर्छ, यो नयाँ बर्ष होइन आदि आदि आरोप लगाउने गरेको पाइन्छ । त्यति मात्र होइन ग्याल्बो लोसार चीनमा समेत मनाउने, ग्याल्बो भनेको बुद्ध हो, सोनाम ल्होछारमा प्रयोग गर्दै आएको सम्बत मन्जुश्रीको जन्म जयन्ती हो भनेको सुनेको छु ।

म लामो समय नेपाल तामाङ घेदुङ संस्था संग आवाद्ध भई काम गरेको नाताले सोनाम ल्होछार मनाउन थालेको धेरै बर्ष भैसकेको छ । हाम्रो पुर्खाले माघमा ल्हो फेर्छ भन्ने जनबिश्वास र परम्परा के हो ? विश्वमा ठुलो जनसंख्या भएको चीनमा (तिब्बत बाहेक) नयाँबर्षको रुपमा सोनम ल्होछारको दिन नै मनाउदछ । उनीहरु यो नयाँ बर्षलाई Lunar new year भन्दछ । ल्हो गणना गर्दा  खोर्लोमा भएको जनावर नै हुने गर्दछ । लुनार भनेको चन्द्र पात्रो होइन र ?  अर्को कुरा चिनियाँहरु बौद्धमार्गी होइन र ?  त्यही चन्द्र पात्रोमा बुद्ध  जयन्ती परेको ठिक एक महिना पछि ग्याल्बो ल्होछारको पात्रोमा बुद्ध जयन्ती पर्दछ र मनाउने गरिन्छ त्यो ठिक हो र ?  नेपाल सरकारले कुनै पनि  आदिवासी जनजातिको बिदा दिने प्रचलन नभएको बेलामा तामाङ अग्रजहरुले राज्यबाट मान्यता लिन प्रस्तुत गरेको आधारहरु अध्ययन नगरिकन सार्वजनिक बिदा दिए होलान र ?  मन्जुश्रीले ज्योतिष ज्ञानको धर्मदेशना गरेको स्मरण स्वरुव सोनाम ल्होछार मान्ने तामाङ समुदायले यो सम्बत प्रयोग गरेको हो ।

लामा गुरुहरुले आर्जन गरेको ज्ञानको आधारमा मात्र तामाङ समुदायको धर्म र संस्कृतिको मात्र  ब्याख्या नगरिकन समग्र तामाङ संस्कृतिको आधारमा र बिश्वले प्रचलनमा ल्याएको चन्द्र पात्रोको  आधारमा हामीले हाम्रो सोनाम ल्होछार मनाउन पर्दछ ।

अन्त्यमा आउँदै गरेको ज्या/चरा ल्होछार २८५३ (Bird new year 2853) सबैमा अग्रिम शुभकामना !!!

(लेखक: नेपाल तामाङ घेदुङका निवर्तमान केन्द्रिय महासचिव हुनुहुन्छ)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution