हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नयाँ शक्ति पार्टीमा देखिएका १५ समस्या,यथासिघ्र हल गरिने

naya-shaktiकाठमाडौं– पार्टी घोषणा गरेको पाँच महिनापछि नयाँ शक्तिले पार्टीभित्र १५ वटा समस्या देखेको छ । समस्या समाधानका लागि उसले केही सूत्र पनि अगाडि सारेको छ । नयाँ शक्तिको घोषणा गत जेठ ३० मा भएको थियो ।

सोमबारबाट सुरु हुने नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी समिति वैठकका लागि तयार पारिएको सङ्गठनसम्बन्धी प्रस्तावमा यस्ता समस्याहरु औँल्याइएको छ । समस्या हल गरेर अगाडि बढ्ने गरी नयाँ कार्ययोजना बनाइएको नेताहरुले बताएका छन् ।

कार्यकारिणी समितिका एक सदस्यले बताएअनुसार, नयाँ शक्तिका समस्या यस्ता छन् ।

समस्या १

पार्टीमा अझै पनि आधारभूत विचारको बुझाइमा विविधता छन् । ती विविधतालाई लोकतान्त्रिक बहसबाट एकरुपता ल्याउनुपर्छ । विरोधीबाट यसको प्रचार पनि भएको छ । आन्तरिक छलफल र बहसबाट यो समस्या समाधान गर्दै जानुपर्छ ।

समस्या २

जिम्मवारीबोध र स्वामित्व ग्रहणीकरणसहितको टिम निर्माणको समस्या भएको छ । यतिबेला हाम्रो पार्टीमा साङ्गठनिक सक्रियतासहित पार्टीलाई व्यवस्थित गर्न केन्द्रदेखि स्थानीयतहसम्म टिमबद्ध भएर आआफ्ना क्षमतासहित कार्य सम्पादनमा लाग्ने कुराको अभाव छ । यो समस्या पनि क्रमशः हल गर्दै जानुपर्छ ।

समस्या ३

साँझा सङ्कल्पको अभाव हाम्रो अर्को समस्या हो । पुराना शैली संस्कार र तरिकाहरुमाथि निर्मम सङ्घर्ष गर्दै नयाँ साझा र सामूहिक सङ्कल्पमा उठेर नयाँ शक्ति निर्माण गर्न सकिन्छ ।

समस्या ४

योजना तथा निर्णय कार्यान्वयनमा इच्छाशक्तिको अभाव छ । फरक–फरक पृष्ठभूमि, शैली र आचरणका अभियान्ताहरु जम्मा भएकाले योजनालाई बुझ्ने र लागू गर्ने कुरामा समस्या छ । हामी बढी उपदेश दिने भयौँ । तुरुन्त सच्याएर जानुपर्छ ।

समस्या ५

भावनात्मक विश्वास र सहकार्यको अभाव छ । को कुन पृष्ठभूमिबाट आयौँ भनेर शङ्का गर्नुभन्दा फरक–फरक पृष्ठभूमिकाबीचको सहकार्यबाट सङ्गठनमा सफलता पाउन सकिन्छ ।

समस्या ६

तर्क, तथ्य र विश्लेषणसहित स्वतन्त्र पहलकदमीको अभाव छ । स्वेच्छिक, गतिशील र सिर्जनशील हुने कुरालाई नयाँ शक्तिका सबै स्तरका अभियन्ताहरुले गम्भीरतापूवर्क ध्यान दिनुपर्छ ।

समस्या ७

जीवनशैली, आचरण र कार्यशैलीमा नयाँपनको अभाव छ । एउटै व्यक्ति आफै कहिले नयाँ र कहिले पुरानो भन्ने हुँदैन । मुख्य विषय उसको आचरण र कार्यशैली हो । सबै खाल विरासतहरुको निरन्तरता होइन कि अबको माग र आवश्यकताअनुसारको शैली र प्रणालीमा बदलिन नयाँ शक्तिका अभियन्ताले कोशिस गर्नुपर्छ ।

समस्या ८

व्यवस्थापकीय क्षमता कमजोर हुनु र पार्टी कार्यकर्ताहरुको व्यवस्थापनमा कमी आउनु हो । मूलभूतरुपमा पार्टी परिचालन स्वैच्छिक सक्रियतामा हुनुपर्ने कुरा भयो । यो आदर्शवादी र राम्रो कुरा हो । अफ्ठाराको प्रतिवाद गर्दै पार्टीलाई बचाइराख्ने कार्यकर्ता भएनन् भने नीतिका कारण मात्रै पार्टी बन्न कठिन छ ।

समस्या ९

निर्णयमा सामूहिकता र कार्यन्वयनमा एकरुपताको अभाव हो । हामीले फरक र उच्चस्तरको लोकतन्त्रको अभ्यासका कुरा गरेका छौँ । कैयौँ निर्णयको बुझाइ र कार्यान्वयनमा समस्या आएको छ ।

समस्या १०

पार्टीमा अनुगमन, मूल्याङ्कन, समीक्षाको अभाव छ । एकातिर निरन्तर काम गर्ने साथीहरु छन् भने अर्कोतिर सम्पर्कमा आउनसमेत नचाहनेहरु छन् । त्यसैले काम गर्ने र सक्रियलाई प्रोत्साहन र निस्क्रिय वा काम नगर्नेलाई हिनताबोध हुने नयाँ संस्कारको खाँचो छ ।

समस्या ११

नेतृत्व र कार्यकर्ता, अभियन्ता र जनताको बीचमा समुधुर सम्बन्ध विस्तारको अभाव छ । पार्टी घोषणा हुँदा सबै अभियन्ता समान हुने कुरा गरेका थियौँ । विभिन्न तहको वर्गीकरण ठीक होइन भनेका थियौँ । तर यो समस्या देखिन थालेको छ । जनसम्बन्धमा ध्यान दिन खाँचो छ ।

समस्या १२

सबै तहका कार्यालयहरुको व्यवस्थापनमा कमजोरी भयो । केन्द्र, प्रदेश र जिल्लामा सम्पर्क कार्यालय भनेका छन् । कार्यलय परम्परागत तरिकाले चलेका छन् । जसले सङ्गठनको रक्तसञ्चार रोकेको छ । प्रविधियुक्त कार्यलय सञ्चालन हामीलाई चाहिएको छ ।

समस्या १३

कमी कमजोरीप्रति आमसमीक्षा गर्दै स्वीकार गर्ने संस्कारको अभाव छ । नकरात्मक पक्ष क्रमशः छाड्दै जानुपर्छ । पार्टीकै नेतृत्व र विचारको आलोचना गर्ने समस्या पनि देखियो ।

समस्या १४

तत्कालीन लाभहानीका अर्थमा मात्र पार्टीलाई बुझ्ने र महत्वपूर्ण हैसियत पाएमा पार्टीमा बस्ने र अन्यथा विकल्प सोचिन्छ भन्ने अराजकतावादी, महत्वकाङ्क्षी र पदलोलुप प्रवृत्ति पनि छ । यो प्रवृत्तिबाट पार्टीलाई बचाउन खाँचो छ ।

समस्या १५

पार्टीको नीति, विचार र नेतृत्वप्रति सहमत हुँदाहुँदै पनि निरन्तर गुट, उपगुट र ससाना झुण्डहरुमा रमाउन खोज्ने प्रवृत्ति छ । यो प्रवृत्तिले पार्टीलाई संस्थागत रुपमा अगाडि बढ्न दिँदैन । आफ्ना मतलाई सूत्रबद्ध गरेर संस्थागत रुपमा राख्नुभन्दा पनि अराजकता सिर्जना गर्ने र पार्टीको भविष्यप्रति अनास्था फैलाउने सोच, शैली र प्रवृत्तिसँग जडेर अगाडि जानुपर्ने भएको छ ।

ती नेताको भनाइ छ, यी समस्या हल गरेर मात्र नयाँ कार्ययोजना र कार्यतालिका लागू गर्न सकिन्छ ।

अब,
तीन तहमा चुनाव अबको कार्ययोजना हुन्छ ।

पहिलो चरणमा जिल्लासम्मका, दोस्रो प्रदेश र तेस्रोमा केन्द्रीय महाधिवेशन गर्ने हुनेछ ।

पार्टी सदस्यता तीन लाख पुर्याउने लक्ष्य हुनेछ ।

नयाँ शक्तिले मनाङबाहेक ७४ जिल्लामा सङ्गठन तयार भएको उल्लेख गरेको छ ।

नयाँ प्रणाली, शैली र चरित्रको पार्टी निर्माणको प्रक्रियाले मात्र प्राप्त भएको आकर्षणलाई साङ्गठनिक स्वरुप दिन सकिन्छ ।

पार्टी निर्माणसँग सम्बन्धित सुरुका कामहरु सकरात्मक भए पनि पार्टी घोषणापछि सक्रियता, पहलकदमी र इच्छाशक्तिमा कमी आएको छ । जसका कारणले स्थानीय स्तरसम्म जुन रफ्तार र गतिमा पार्टी संरचना निर्माण हुँदै जानुपर्ने थियो हुन सकेका छैन ।

पार्टी घोषणा गर्दाको स्पिरिटमा अगाडि बढेको भए धेरै काम गर्न सकिन्थ्यो, मूलत सङ्गठनको क्षेत्रमा ।

केही कमजोरी र सीमा देखिएका छन्, यसलाई इमान्दारीपूर्वक स्वीकार गर्नुपर्छ ।

नयाँ शक्तिले आइतबार जारी गरेको प्रेस नोट अनुसार,

नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समिति बैठक भोलिदेखि काठमाडौंमा बस्दैछ ।

यसअघि कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकको निर्णयानुसार गठित विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका एजेन्डाहरुमाथि बैठकमा छलफल हुनेछ ।

३ दिन चल्ने बैठकमा विभिन्न कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका घर–आँगनमा नयाँ शक्ति कार्ययोजना, राष्ट्रिय तथा सामाजिक अभियानको कार्ययोजना, स्थानीय निकाय निर्वाचन केन्द्रित कार्ययोजना, सङ्गठन विस्तार तथा अधिवेशन अभियान कार्ययोजना, आर्थिक स्रोत परिचालन तथा व्यवस्थापना कार्ययोजना आदि एजेन्डाहरुमाथि छलफल हुनेछ ।
बैठक सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा भोलि बिहान ११ः०० बजेदेखि बस्नेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution