इजरायलमा कार्यरत नेपाली चेली गाडीले हानेर गम्भीर घाइते

बैदेशिक रोजगारीको क्रममा इजरायलको अफुल्ला शहरमा कार्यरत नेपाली चेली सिमा काउचा मगर गत हप्ताको १४ तारिख काम गर्ने घर देखि शपिंङको लागि बजार जादै गर्दा गाडीको ठक्करबाट गम्भीर घाइते भएको ढिलै भएपनि नेपाल मगर संघ इजरायलले जानकारी दिएको छ |
अचेत अवस्थामा अफुल्ला हस्पिटलमा उपचार भईरहेको खबर थाहपछि १९ तारिख बिहान मगर संघका ३ जना प्रतिनिधिहरु प्रथम उपाध्यक्ष बिष्णु पुन मगर, तारा काउचा मगर र कार्यकारी सदस्य मन राना मगर हस्पिटलमा पुगेर भेटघाट गरी घाइते सिमा काउचा मगरको स्थिति र घटनाबारे बुझेको जनाएको छ | हाल उनी सामान्य बोल्न सक्ने भएको जानकारी दिएको छ |
हाल उनी हिडडुल गर्न सक्ने अवस्थामा नरहेको र उनको उपचारमा खटिएका डाक्टरको भनाई अनुसार दायाँ हात र दाँत भाँचिएको र दाहिने कोखामा गम्भीर चोट लागेको बताएको छ | नेपाल मगर संघ इजरायल द्वारा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुको साथै आइतबार बेलुका देखि उनको हेरचाहको लागि एक जना सहयोगीको व्यवस्था गरेको जानकारी संस्थाकी प्रथम उपाध्यक्ष बिष्णु पुन मगरले फेसबुक मार्फत जानकारी दिएकी छिन् |