हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

कुलमान घिसिङलाई हटाउन प्रचण्डलाई दवाब

prachanda-with-kulman-ghising
काठमाडौं । उपत्यकालाई लोडसेडिङमुक्त गरेरे राजधानीका पचास लाख मानिसहरुको मन जितेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउन दबाब बढेको छ ।

घिसिङको लोकप्रिय निर्णयप्रति विद्युत प्राधिकरणभित्रबाटै कांग्रेस र एमाले निकट कर्मचारी गरेको अवरोधप्रति जनस्तरमा अहिले पनि चौतर्फी विरोध भइरहेको छ ।

कांग्रेस एमालेका कर्मचारीहरु चौथर्फी विरोध भएपनि अहिले चुपचापको अवस्थामा रहेका छन् । घिसिङले उपत्यकालाई मात्र होइन एक बर्षभित्र देशभर लोडसेडिङमुक्त गर्ने आफूसँग सुत्र रहेको बताएपछि झन चर्चा चुलिएको छ ।

घिसिङले लोडसेडिङमुक्त गर्ने अभियान चलाएसँगै इन्भर्टर व्यापारी, सोलार व्यापारी र जेनेटर व्यापारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर घिसिङलाई हटाउन दबाब दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले  भने,‘लोडसेडिङमुक्त गर्ने सरकारको अभियान असफल पार्न व्यापारीहरुको घुइँचो लाग्ने गरेको छ, अनेक बहाना बनाएर प्रधानमन्त्रीसँग घिसिङलाई हटाउनु पर्ने माग राख्ने गरेका छन् ।’

उनका अनुसार कुलमान घिसिङलाई हटाएर आफूहरु सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जस्तो प्रलोभन समेत दिने गरेका छन् । घिसिङ प्राधिकरणको प्रमुख भएलगत्तै नाटकीय ढंगले लोडसेडिङमुक्त गर्ने निर्णय अगाडि सारेपछि इन्भर्टर, सोलार र जेनेरेटर व्यापारीहरुको व्यापार कम भएको छ ।

झन सरकारी कार्यालयमा जेनेरेटर इन्भर्टर खरिदमा हुने करोडौ भ्रष्टाचार गर्न नपाएका कर्मचारीहरुको पनि छटपटी बढेको छ । प्रधानमन्त्रीका सचिवालयका ती कर्मचारीले भने,‘राम्रो काम गर्ने घिसिङलाई नै हटाउन माग लिएर आउने व्यापारीहरुलाई वालुवाटार प्रवेशमा रोक लगाइएको छ ।’ दैनिक रुपमा प्रधानमन्त्रीसँग भेटनको लागि विन्तीपत्र हाल्नेहरुको संख्या ठूलो छ, उनले भने ।@ नेपाली हेडलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution