इजरायलमा तमु ल्होसार(च्ह्य-ल्हो) भब्यताको साथ मनाउने तयारी

तमु समाज इजरायलको आयोजनामा “प्ये म्हस्या छ्या म्हामु,छ्य म्ह्स्या ल्हु म्हामु,ल्हु म्हास्या म्ही म्हामु ” “शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इजरायलमा तमु ल्होछार / ल्होसार – २०१६ (च्ह्य – ल्हो / चरा वर्ग ) भब्यताको साथ मनाउने भएको छ |
आउँदो ३० डिसेम्बर २०१६ (शुक्रबार) तेलअविव शहर स्थित याद्खारुचिम स्ट्रीट -१५ मा रहेको पार्टी हलमा च्ह्य- ल्हो(चरा वर्ग ) तमु ल्होछार / ल्होसारको सभापति संस्थाका अध्यक्ष श्री डिक कुमार गुरुङ रहने गरी र सुश्री आशामाया गुरुङको संयोजकत्वमा भब्यताको साथ मनाउने तिब्र तयारीमा जुटेको तामाङअनलाइनलाई जानकारी प्राप्त भएको छ |
कार्यक्रम भव्यताको साथ सफल गराउनको निमित्त तमु समाज इजरायल कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई विभिन्न उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट समेत गरेको छ | सबैको एकता सरसल्लाह ,सहयोगका साथ तिब्र गतिमा पुर्वतयारीहरु भएका छन् |
तमु जातिले आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज संरक्षण ,सम्बर्दन र विकासका साथै तमुहरुमा एकताको सन्देश छर्न तमु ल्होसारलाई अवसरका रुपमा उपयोग गर्दै भाषिक, साँस्कृतिक तथा सामाजिक रुपमा एकता कायम राख्दै तमुहरुको अस्तित्व र पहिचानलाई बचाई राख्न, राज्यको हरेक अंग र तहहरुमा समानुपातिक समाबेशी प्रतिनिधित्व सुनिश्चित गर्न, तमूहरुको आदिम परम्परा, रीतिथीति, मुल्य र मान्यताहरुलाई जोगाई राख्न, समुदायलाई आर्थिक समृद्धिको उचाईमा पुर्याउन, मुलुकमा चलिरहेको आदिवासी जनजातिहरुको पहिचानको आन्दोलनलाई थप सशक्त गर्न पनि यो पर्वले थप उर्जा दिने छ |
ल्होछार / ल्होसार कार्यक्रममा तमु समुदायको तमु पोशक तथा भेषभुषामा उपस्थित हुना इजरायलवासी संंम्पूर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजक द्वारा अनुरोध गरेको छ | साथै इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहभागिताको लागि तमु समाज इजरायल हार्दिक अपिलको साथ निमन्त्रणा गरेको छ |