हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ठमेलको यौन धन्दा नै सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’

thamel

काठमाडौँ, मंसिर ४ – काठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ । गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ । रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्को रेस्टुरेन्ट छ – रक्स बार एन्ड क्याफे ।

दायाँ–बायाँका यी दुई रेस्टुरेन्ट राति १० ११ बजे बन्द हुन्छन् तर रक्स बार रात–दिन खुला रहन्छ । ग्राहकको आवतजावत भइरहन्छ । पहिलोपल्ट त्यस गल्लीभित्र पस्ने कसैले पनि रक्स बारमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र कुतूहल मेट्न त्यहाँ छिर्छन् । अन्य रेस्टुरेन्टको तुलनामा त्यहाँ खाजा, नास्ता ताजा र मीठो नपाइए पनि सस्तो मूल्यका केही मदिरा र ‘लोकल’ रक्सी भने सहजै उपलब्ध हुन्छ ।

मदिरा ‘सर्भ’ गर्नका लागि प्लास्टिकका कप प्रयोग गर्ने गरिए पनि ग्राहकको भीडभाड हुनेगर्छ । रक्स बारनजिकै उभिएका ठमेलका होटल व्यवसायी राजन श्रेष्ठ एक अपरिचित व्यक्तिसँग कुरा गर्दै भनदै थिए, ‘पैसा कमाउन यस्तो घीनलाग्दो काम पनि गर्नुपर्ने रहेछ’ ठमेल क्षेत्रमा राति १२ बजेसम्म मात्र रेस्टुरेन्ट, क्याफे, पसल तथा बार सञ्चालन गर्न पाइन्छ तर यो रेस्टुरेन्टका लागि भने समयको बन्देज रहेको देखिँदैन ।

साँघुरो र अँध्यारो गल्लीभित्र उकुसमुकुसलाग्दो घरको भुइँतलामा रहेको यो रेस्टुरेन्टको दुई तलामाथि आराम गर्न मिल्ने ‘बेड’ छन् । रक्स बार रेस्टुरेन्ट हो कि होटल कसैले पनि सजिलै दिने जवाफ हो– यौन अखडा १८ वर्ष उमेर नकटेका जस्ता लाग्ने चार युवती पालैपालो तलमाथि ओहोरदोहोर गर्छन् ।

ती घरि तल झर्छन्, घरमाथि चढ्छन्, अनि केही समय फुत्त हराउँछन् । लहरै उभिएका ग्राहक उनीहरूकै प्रतीक्षामा पालो पर्खेर बसेका हुन्छन् । काउन्टर अगाडि ग्राहकसँग रकम लेनदेन हुन्छ । उनीहरू पालैपालो माथि चढ्छन् । युवती अलिपछि कागजको पोको बोकेर जान्छन् । उनीहरूलाई काउन्टरबाट कागजले पोको पारेको गोप्य वस्तु सर्वसाधारणले नदेख्ने गरी दिइन्छ । त्यो वस्तु हो– कन्डम । देहव्यापारका कारण त्यस रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । त्यो गल्लीमा रक्स बारलगायत दुईवटा रेस्टुरेन्ट र चार वटा मसाज पार्लर पनि यौन अखडाका रूपमा रहेका छन् ।

ती अखडाबाट युवती आलोपालो सट्टापट्टा हुनेगर्छन् । त्यहाँको राजधानी नामक मसाज पार्लरमा देहव्यापार हुनेगरेको थाह पाएपछि घरधनीले नै बन्द गरिदिएका छन् । स्टाफ युवती र व्यापार नपाएको भन्दै सञ्चालकले नै एभरेस्ट नामक रेस्टुरेन्ट बन्द गरिसकेका छन् । ती अखडामा नियमित रूपमा हुने गतिविधिबारे प्रहरी कर्मचारी पूर्ण परिचित रहे पनि केही प्रहरीको संलग्नताका कारण छापा मार्ने र पक्रने काम शून्य नै छ । केही मसाज पार्लरमा प्रहरीले पटक पटक छापा मारेर पक्राउ गरे पनि धेरैजसो धरौटी र तारेखमा छुट्ने गरेका छन् । त्यस रेस्टुरेन्टमा भने प्रहरीको आँखा पुगे पनि नदेखे जस्तो गरेर हिँड्ने गरेको पाइएको छ ।

नजिकैको एउटा ट्राभल्सका सञ्चालकले आक्रोशित हुँदै प्रश्न गरे, ‘प्रहरी नै पहरेदार भएपछि कसले छापा मार्ने, अनि कसले पक्रने ’ ठमेलको यौन धन्दालाई सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’ ठान्ने ती ट्राभल्स सञ्चालक भन्छन्, ‘ती बन्द गराएपछि कतिपयको रोजीरोटी नै चल्दैन, त्यसैले पैसा नदिनेलाई मात्र पक्रन्छन् उनीहरू ।’ हप्ता दिनअघि मात्र सर्वसाधारणले गुनासो गरेपछि रक्स बारका सञ्चालकलाई पक्रेजस्तो गरेर बिहान छाडिदिएको उनले जानकारी दिए ।

रक्स बारका सञ्चालकले भने ५० हजार रुपियाँ बुझाएर छुटेको जानकारी आफ्ना व्यावसायिक साझेदारलाई दिएका थिए । ती सञ्चालकले सोह्रखुट्टेबाट सरुवा भएका एक प्रहरी नायब निरीक्षक सईलाई त्यहीँ थमौति गर्न ५० हजार लगानी गरेको र अर्का सईलाई २५ हजार सापटी दिएको जानकारी आफ्नै साथीलाई दिएका छन् । सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुने यो गल्लीमा अवैध गतिविधि सञ्चालन हुँदा अन्य रेस्टुरेन्ट तथा होटल व्यवसायी समस्यामा परेका छन् । रक्स बारमा लाग्ने ग्राहकको भीडले गल्ली नै दुर्गन्धित बनेको गुनासो पर्यटन व्यवसायीहरूको छ । कतिपयले यस गल्लीलाई ‘बम्बे गल्ली’ समेत भन्ने गरेका छन् ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार देहव्यापारका लागि विदेशीसमेत आउने गरेको बताइएको छ । एक पटक रमाइलो गर्न विदेशी ग्राहकसँग आठदेखि १० हजार र नेपालीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको बताइएको छ । यसरी प्राप्त भएको रकमको ५० प्रतिशत युवतीलाई र ५० प्रतिशत सञ्चालकले लिनेगरेको बताइन्छ । ‘हाम्रो त परिवारले नै यस्तो दुःख गरेर खानुपरेको छ’, एउटा खाजाघरकी सञ्चालिकाले भनिन्, ‘तर गल्लीमा फोहोरी मान्छे बस्न थालेपछि निकै समस्या भएको छ ।

प्रहरीलाई खबर गर्यो, उल्टै पैसा खाएर छाड्छन् ।’ रक्स बारका सञ्चालक पक्राउ परेलगत्तै छुटेको सम्बन्धमा सोह्रखुट्टेस्थित महानगरीय प्रहरीवृत्त प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौरले दीपक नामक व्यक्तिबाट सञ्चालित यौन अखडामा छापा मारेर कारबाही गरिएको जानकारी दिए । उनले कारबाही गरिएको भनिएका व्यक्ति भने त्यही रेस्टुरेन्टमा ग्राहक फकाइरहेका थिए । ठमेलमा जटिल समस्याका रूपमा रहेको देहव्यापार सञ्चालनमा प्रहरीको नै प्रत्यक्ष संलग्नता हुनथालेपछि यसको नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै छ ।

सामान्य व्यवसायलाई राति ११ बजेभित्र जबरजस्ती बन्द गर्न लगाउने प्रहरी देहव्यापारका अखडा भने नदेखेजस्तो गरेर हिँड्ने गरेको आरोप छ । देहव्यापारलाई कतिपयले आकर्षक आम्दानीको सजिलो माध्यम बनाउँदै आएका छन् । कतिपय मसाज, स्पा, रेस्टुरेन्ट एवम् खाजाघरमा कामदारका रूपमा युवती राखेर यौन व्यवसाय सञ्चालन गर्नेहरूको ठमेलमा सञ्जाल नै रहेको छ ।  @ गोरखापत्र






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution