प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्छ – एमालेका नेता माधवकुमार नेपाल

काठमाडौँ, ४ मङ्सिर – नेकपा(एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनिनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
शङ्करापुर नगरपालिका–१ र ५ वडा कमिटीद्वारा आज जहरसिंह पौवामा आयोजित ‘वृद्धवृद्धा तथा एकल महिला सम्मान’ कार्यक्रममा बोल्दै नेता नेपालले अघिल्लो संविधानसभामा एमालेले सो प्रस्ताव गर्दा मान्य नभएको तर हाल सबैले त्यस्तो हुनुपर्ने महसुस गरेको जनाउनुभयो ।
उहाँले एमालेको कार्यसूचीमा सबै दल आइपुग्ने दाबी गर्दै समयमा स्थानीय निकायको निर्वाचन गर्न पनि माग गर्नुभयो ।
कार्यक्रममा करिब ३०० वृद्धवृद्धा र एकल महिलालाई सम्मान गरिएको थियो ।@रासस