पोर्चुगलमा नेपाली राजदुताबास स्थापनाको पहल गर्न डा.भटराईलाई ज्ञापन-पत्र

सुनिल संगम – लिस्बन । पोर्चुगल भ्रमणमा रहेका भूतपूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सम्मानमा गैr-आबासीय नेपाली संघ पोर्चुगलले भेटघाट तथा स्वागत सम्मानको कार्यक्रम सम्पन्न गरेको छ ।
संघको कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष भीम केसी कमलले गरेका थिए भने महासचिब सोमफुरी शेर्पाले संचालन गरेका थिए । डा.भट्टराई संगै भ्रमणमा रहेका नयाँ शाक्ति नेपालका प्रवास प्रादेशिक समितिका संयोजक नबराज सुबेदी ,सह-संयोजकशंकर भण्डारी लगायत अन्य पाहुनाहरुलाई अध्यक्ष केसीले स्वागत तथा सम्मान गर्दै पोर्चुगलमा रहेका नेपालीहरुको स्थितिको बारेमा जानकारी गराएका थिए | साथै अध्यक्ष केसीले पोर्चुगलमा नेपाली राजदुताबास स्थापनाको पहलको निम्ति डा.भटराईलाई ज्ञापन-पत्र समेत बुझाएका थिए ।