नयाँ शक्ति पार्टी सम्बद्ध तामाङ राष्ट्रिय परिषदको १ न. प्रदेश भेला सम्पन्न

२०७३ मङ्सिर १ | मोरङ जिल्लाको उर्लाबारीमा नयाँ शक्ति पार्टी नेपाल सम्बद्ध तामाङ राष्ट्रिय परिषदको १ न. प्रदेश भेला सम्पन्न भएको छ । भेलाले जय पाख्रीनको संयोजकमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ति पार्टी नेपालका राष्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ र बिशेष अतिथी नयाँ शक्ति पार्टी नेपाल – तामाङ राष्ट्रिय परिषदका संयोजक सुवाश तामाङको रहेका थिए ।
अतिथिहरुमा क्रमश: केन्द्रीय सचिवालय सदस्य महेन्द्रजंङ तामाङ, केन्द्रीय परिषद सदस्य लक्ष्मीचेली राई , केन्द्रीय परिषद सदस्य तथा मोरङ जिल्ला संयोजक खेमराज प्रदान लगायत अन्य केन्द्रीय सदस्यहरुले बोल्नु भएको थियो भने कार्यक्रम सन्चालन मोरङ जिल्ला तामाङ राष्ट्रीय परिषदका संयोजक मान बहादुर तामाङले गर्नु भएको थियो ।