टिएसएद्धारा क्यान्सर पिडित अनिकालाई १ लाख ७३ हजार सहयोग

मंसिर १, काठमाडौं : तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) ले ब्लड क्यानसर पिडित अनिका तामाङलाई आर्थिक सहयोग गरेको छ । अमेरिकामा संकलन गरेको रु १ लाख ७३ हजार रुपैया टिएसएका महासचिव अमर तामाङले बुधबार अनिकालाई हस्ताणतरण गरेको हो ।
ओखलढुङ्गा जिल्ला मुलर्खक गाविस १ की २० वर्षीया तामाङलाई विगत दुई वर्षदेखि ब्लड क्यानस भएको शिक्षण अस्पताल महाजगंञ्जले जनाएको छ ।
टिएसएका महासचिव तामाङले अनिकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तामाङ सोसोइटि अफ अमेरिका अभाव र समस्या भएको ठाउँमा संस्थागत रुपमा उपस्थित हुने बताए । व्यक्तिगत प्रचारभन्दा पनि सामूहिक हितका लागि सहकार्य गर्न सबै लागि पर्नु पर्ने उनले संक्षेपमा बताए ।
उनको उपचारका लागि विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको तामाङ परिवारले जनाएको छ ।