फिका इन्टरनेसनल करातेमा नेपालका विमला तामाङले स्वर्ण पदक जिते

न्युयोर्क । फिका इन्टरनेसनल ओपन कराते च्याम्पियनसिपमा नेपालका विमला तामाङले स्वर्ण हात पारेकी छन् । नोभेम्बर १२ र १३ तारिख न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा उनले उक्त पदक हात पारेकी हुन् ।
विमलाले १७ औ एसियाडमा एक मात्र पदक, रजत पदक जितेर नेपाललाई पदकविहिन हनबाट जोगाएकी थिइन् । उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यलगायत नेपाल, पुर्टिरिको, इक्वेडर, मेक्सिको र डोमेनिक रिपब्लिक गरी तीनसय ५० खेलाडीको सहभागिता थियो ।
अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त उक्त च्याम्पियनसिपमा इन्टरनेश्नल मार्सलआर्टस एसोसिएसन न्यूयोर्कको ३ जना खेलाडीहरु क्रमशः नेभिन लामा, एन्डी सी र क्रिश लामाको सहभागीता रहेको थियो । जस मध्ये क्रिश लामाले ८ देखि ९ वर्ष उमेर समहमा रजत पदक जित्न सफल भयो ।
विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमख निर्देशनमा सञ्चालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघअन्र्तगतका रेफ्री तथा निर्णायक सहभागी थिए । जस मध्ये च्याम्पियनसिपम नेपाली मलका इन्टरनेसनल मार्सल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमख प्रशिक्षक शान्त थोकर, सहायक प्रशिक्षक पर्खि राई र अन्तराष्र्टिय खेलाडी तथा प्रशिक्षक सुनिल लामाले रेफ्री तथा जजको भमिका निर्वाह गरेका थिए । @ एभरेस्टटाइमन्यूज |