हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

फेसबुकमा युवाहरुलाई मायाजालमा पारेर ठगी गर्ने युवती पक्राउ

कार्तिक ३० आफूलाई डा सुहाना भनेर चिनाउँदै दर्जनौं युवालाई मायाजालमा पारेर ठगी गर्ने गुल्मीकी भगवती केसी गत वर्ष पक्राउ परिन् । डाक्टर भनेर परिचय दिँदा केटाहरुलाई सजिलै आकर्षित गर्न सकिने भएकाले उनले त्यो तरिका अपनाएकी थिइन् ।

त्यस्तै आफूलाई ‘रोयल फेमेली’सँग जोडेर अर्की एक युवतीले युवाहरुको बिचल्ली पारेकी छिन् । इटहरीकी २२ वर्षिया फेमिना चापागाईले धेरैजनासँग बिहे गर्दै युवाहरुलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । तर, उनलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

फेसबुकबाटै चिनजान गरी उनले तीन जना व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीमा परिसकेको छ । एक दर्जनभन्दा धेरैलाई उनले ठगी गरेको प्रहरीको आशंका छ । सुरुमा मलेसियामा कार्यरत एक युवालाई फेसबुकबाटै चिनजान गरी उनी मलेसिया घुम्न मात्र गइनन्, मलेसियाकै मन्दिरमा बिहे समेत गरिन् ।

आफू जर्मनी बस्ने र बिहे गरेर दुवै जना जर्मनी जाने प्रलोभनमा उनले ती युवालाई लोभ्याइन् । जर्मनी जानका लागि ५० लाख लाग्ने बताउँदै ती युवासँग उनले ठूलो रकम ठग्न खोजेकी थिइन् । तर ती युवकसँग ५० लाख रुपैयाँ थिएन । तर पनि ती युवासँग ५ लाख रुपैयाँ मात्र उम्काउन सफल भइन् ।

मलेसियामा हनिमुन मनाएर उनी एक्लै नेपाल फर्किइन् । फेसबुकबाटै नेपालमा अर्का मुर्गा फसाइसकेकी थिइन् । विराटनगरका एक धनाढ्य परिवारका युवालाई उनले आफ्नो प्रेमजालमा फसाएकी थिइन् । भेटेको केही दिनमा युवकले फेमिनालाई पाथिभरा मन्दिरमा लगेर बिहे गरे, ।

गत वर्ष माघ २१ गतेको घटना थियो त्यो । बिहे गरेपछि मात्र परिवारलाई जानकारी दिए । किनकि फेमिनाको सुन्दरतासँग उनी त्यसत धेरै मोहित भइसकेका थिए । उता मलेसियामा रहेका श्रीमानलाई जर्मनी जाने प्रक्रिया मिलाइरहेको भन्दै झुलाएकी थिइन् ।

तर बिस्तारै फेमिनामाथि शंका लाग्न थालेपछि ती युवा नेपाल आए । नेपाल आएर बुझ्दा उनले अर्को केटासँग बिहे गरिसकेको खुल्यो । उनी फेमिनाको विषयमा बुझ्न विराटनगरस्थित फेमिनाले बिहे गरेको घरमा पुगे । त्यसपछि मात्र दुवै युवक फेमिनाको जालमा परेको थाहा पाए ।

त्यतिमात्र होइन उनीले काठमाडौंको एक होटलका कर्मचारीलाई पनि मायाजालमा पारेर जर्मनी लैजाने भन्दै ठगी गरेकी थिइन् । महानगरीय अपराध महाशाखामा फेमिनाविरुद्ध तीन वटा उजुरी परेको छ । तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । सोर्सफोर्सका कारण उनी पक्राउ नपरेको स्रोत बताउँछ ।

फेमिनाको फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानीसँग खिचिएका तस्विर छन् । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापासँगको फोटो समेत छ । फेसबुकमा आकर्षक फोटोहरु उनले पोष्ट गरेकी छिन् । तीनै फोटोहरुमार्फत् धेरै युवकहरुलाई ठगी गरिसकेको प्रहरीले जनाएको छ ।

उनको वास्तविक नाम भने विद्या सरकार भएको खुलेको छ । उनको बुबा आमा नभएकाले इटहरीका कातिक सरकारले छोरी बनाएर उनलाई नागरिकता निकालिदिएको बुझिएको छ । रोयल फेमेलीको देखाउन उनले आफूसँग रातो पासपोर्ट भएको भन्दै भ्रममा पार्ने गरेकी थिइन् । @दृष्टिखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution