मकाउलाई हराउँदै एएफसी सोलिडारीटी कपको उपाधी नेपालले जित्यो

कात्तिक – ३० | मलेसियामा भएको सोलीडारीटी कपको उपाधी नेपालले जितेको छ । मकाउलाई १ – ० अन्तरले हराउँदै नेपालले सोलीडारीटी कपको उपाधि जितेको हो । नेपालले पहिलो पटक एएफसीको उपाधी उचाल्ने मौका पाएको हो ।
खेलको पहिलो हाफमा नेपालका सुजल श्रेष्ठले टाउले गरेको गोलनै निर्णायक बन्न पुग्यो । भरत खवासले दिएको पासलाई टाउकोले गोलपोष्टमा पु–याएका उनी पहिलो हाफमै गोल गर्न सफल भएका थिए ।
नेपालले मकाउलाई सुरुवात देखिनै दवावमा राखेको थियो । नेपाले धेरै पटक गोल हान्ने प्रयास गर्दा मकाउले त्यही मौका पनि पाएन । खेल अबधिभर नेपाल थोरै मात्रै गल्ति गरेको छ भने मकाउले पटक पटक गल्ती ग–यो ।
नेपाल र मकाउबीच भएको यो छैठौं खेल हो । नेपालले ६ खेल मध्ये मंगलवार सहित चार खेल जितेको छ भने मकाउले एक मात्रै खेल जितेको छ । एउटा खेल बराबरीमा टुंगिएको थियो । नेपालले यही वर्ष विश्वकप छनौट खेलमा मकाउसँग जापानमा हार बेहोरेको थियो ।