अष्ट्रेलियाको तीन शहरमा सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

अष्ट्रेलियाको बिभिन्न शहरहरु मा नेपाली तामाङहरुको महान साँस्कृतिक एवं धार्मिक पर्व “सोनाम ल्होछार – २८५३ ” (ज्या ल्हो )भब्य रुपमा मनाउने भएको छ |
तामाङहरुको मौलिक कला संस्कृति झल्कने बिभिन्न नाचगानका साथै नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकारहरु बुद्धी तामाड(हैट) र लोक सेलो गायक रोज मोक्तानको साथमा स्थानिय कलाकारहरुको बेजोड मनोरन्जनात्मक प्रस्तुतिहरु पस्किने भएको छ |