अन्तराष्ट्रिय विद्यार्थीहरुलाई क्यानडामा पिआर पाउन सजिलो

क्यानडाले नयाँ इमिग्रेशन मापदण्डहरुको घोषणा गरेको छ । यस घोषणाले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने भएको छ । नेपाली विद्यार्थीहरु पनि हजारौको संख्यामा क्यानडामा अध्ययन गरिरहेका छन् ।
इमिग्रेशन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा डिपार्टमेन्टले एक्सप्रेस इन्ट्री कार्यक्रममा केही परिवर्तन ल्याएको जनाएको छ । नयाँ ल्याएको प्रक्रिया अन्तर्गत उच्च दक्ष इमिग्रेन्ट तथा क्यानडा इन्सिटुटबाट उत्तिर्ण भएका विद्यार्थीलाई स्थायी बसोबास अनुमति (पिआर) दिने भएको छ ।
क्यानडा सरकारले ल्याएको यो नीति नोभेम्बर १८ देखि लागु हुनेछ । सन् २००४–२००५ देखी २०१३–२०१४ मा क्यानडा पढ्न जाने विद्यार्थीको संख्यामा ८८ प्रतिशतले वृद्धि भएको थियो । ६६,००० विद्यार्थीको संख्या एकदशकमा बढेर १,२४,००० पुगेको थियो ।
अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या जम्मा क्यानेडियन विद्यार्थीको तुलनामा ११ प्रतिशत रहेको छ ।
डिपार्टमेन्ट विभागले भनेको छ,‘सरकारले देशमा उच्च दक्ष मानिसहरु भित्राउन विभिन्न परिवर्तन ल्याएको छ । यस परिवर्तनले दीर्धकालिन आर्थिक विकासका लागि यसले मदत पुर्याउनेछ ।’
कक्प्रिहेनसिभ र्याकिङ सिस्टमले १५ अंक एक वा दुई वर्षे डिप्लोमा वा सर्टिफिकेट तथा ३० अंक र डिग्री, डिप्लोमा तीनवर्ष वा सो भन्दा बढी बस्नेलाई प्रदान गर्नेछ । यसमा स्नाकोत्तर, प्रोफेसनल र विद्यावारिधी गरेका समेत पर्नेछन् ।’
डिपार्टमेन्टले भनेको छ ‘यो परिवर्तन भए पश्चात पुर्व अन्तराष्ट्रिय विद्यार्थीहरु( क्यानडा विश्वविद्यालयबाट उत्तिर्ण भएका) ले पनि यसको लाभ लिन सक्नेछन् । एक्प्रेस इन्ट्री सिस्टम मार्फत उनीहरुले पिआर प्रक्रिया अगाडि बढाउन सक्नेछन् । पुर्व अन्तराष्ट्रिय विद्यार्थीहरु यस देशको विकासका लागि महत्वपुर्ण क्याण्डिडेट हुन् । उनीहरुको उमेर, शिक्षा, दक्षता र अनुभव यस देशलाई खाँचो रहेको छ ।’
इमिग्रेशन, रिफ्युजी र सिटिजनसिप मन्त्री जोन म्याकलमले भनेका छन्,‘हामीले विश्वभरका उच्च दक्षता भएका मानिसहरु यस देशमा भित्राउन खोजेका छौ । उनीहरुलाई यहाँको पिआर दिएर दिने समेत निर्णय गरेका छौ । त्यसै कारण पनि झन् प्रक्रियालाई सजिलो बनाउने काम गरेका हौ । यसले देशलाई आर्थिक रुपमा सबल बनाउन महत्वपुर्ण भुमिका खेल्नेछ ।’
‘म विश्वस्त छु एक्प्रेस इन्ट्रीमा आएको परिवर्तनले सबैमा सकारात्मक सन्देश जानेछ ।’