हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

प्रवासी नेपाली कामदारको देश बनाउने २६ बुंदे योजनाहरु

kharal-bb

बैदेशिक रोजगारको क्रममा कार्यरत एक नेपाली युवकले  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले साथ दिए भने देशलाई आर्थिक सम्वृद्धि गर्न सक्ने  २६  बुँदे  योजनाहरु अघि सारेका छन् |

 

योजनाहरु :
१. तराई  भुमीलाई  प्लाटिङ निशेध गर्ने |
२. देशको १६ स्थानमा बिदेशी बिश्व बिध्यालयका शाखा खुलाउने | ती क्षेत्रहरु रारा ताल क्षेत्रमा ,डोल्पा,महेन्द्रनगर ,दाङ ,पाल्पा ,म्याग्दी ,रसुवा,नवलपरासी,बनेपा ,दोलखा ,हेटौंडा ,खोटाङ ,धनकुटा ,इलाम ,सिराह ,मोरङ ।
३. विश्व बजारमा पिउने पानी निर्यातकोलागि  ठुलाठुला शुद्ध पिउने पानी उत्पादन गर्ने | उद्योग सरकार र जनताको सयुक्त लगानीमा  खोल्ने र भारत र अरब मुलुकमा हिमाली पानी निर्यात गर्ने ।
४. तराईलाई कृषि उधोग र रिसोर्ट क्षेत्रहरू बनाउने ।
५. पहाडी र हिमाली क्षेत्रलाई  बसाई  ,अर्गानिक उत्पादन क्षेत्र ,बिश्व बिध्यालय क्षेत्र र पर्यटन क्षेत्रमा रुपान्तरण गर्ने ।
६. पहाडी क्षेत्र बढी केबलकार यात्रा बनाउने ।
७. हाइड्रोपावरमा जनता ,सरकार र बिदेशी लगानी सहित सो ब्यबसाय गराउने ।
८ नेपाल आर्मिको संख्या घटाई  सशस्त्र र नेपाल प्रहरीमा संख्या वृद्धि गर्ने ।
९. युवाहरूलाई राष्ट्रियकरण गर्ने ।
१०. भारत ,चीन  र अरबी मुलुकहरूलाई लगानीमा बिशेष जोड दिएर लगानी भित्राउने ।
११. सडक क्षेत्रलाई  फराकिलो बनाउने , कम्तिमा ४ लेनको बनाउने ।
१२. भ्रष्टाचार गर्ने लाइ फासिको ब्यबस्थाको कानुन बनाउने ।
१३. राजनीति दल च्याउ  जस्ता खोलिए त्यसको लागी ठोस कानुन बनाउने ।
१४. बृद्धभत्ता बढाउने र बिध्यार्थीलाइ १२ सम्म नि:शुल्क पढ्न सुबिधा गराउने ।
१५.  मुख्य आयको क्षेत्र कृषि ,बिधुत ,पर्यटन ,शैक्षिक उधोग ,पिउने पानीलाई  विशेष लगानीमा  जोड दिने ।
१६. निर्यात र आयतमा भन्सार न्यून बनाउने ।
१७. अपराधी लाइ फासिको वा जन्म कैद सजाय बनाउने ।
१८. निर्वाचन क्षेत्रहरू घटाउने र प्रत्येक्ष कार्यकारी शासन बनाउने ।
१९. नेपाललाई  बगैंचा (Garden Country ) घोषणा गराउने वा बनाउने ।
२०. काठमान्डु ,पोखरा ,नेपालगन्ज ,बुटवल ,सुर्खेत ,बिरगंज ,जनकपुर ,इटहरी ,मोरङ ,झापा र काकड्भित्तालाई  क्लिन सिटी र मार्केट सिटि बनाउने ।
२१. जनकपुर ,लुम्बिनी र पशुपतिनाथलाई  पर्यटन आय क्षेत्र बनाउने ।
२२. नेपालमा थप   ४ अन्तर्राष्ट्रिय बिमान स्थल बनाउने र मेट्रो  रेल बनाउने ।
२३.माथिका योजनाका लागी १३-१५ बर्ष लाग्नेछन् । सम्पूर्ण नेपालीको  १८ बर्ष भित्र प्रतिब्याग्ती आय कम्तीमा पनि हालको आयको ८  गुना वृद्धि  गर्ने गराउने लक्ष्य राख्ने |
२४. माथिका योजनाहरु सम्मपन्न भए पछि नेपालमा बिदेसीले कुनै ब्यबसाय सुरु गर्न नेपाली नागरिकहरु संग नमिली कुनै उद्योग वा कम्पनी खोल्न नपाउने कानुन बनाउने |
२५.सम्पुर्ण नागरिकको मौलिक स्वतन्त्रता अधिकारलाई  राज्य र कोहि कसैले हनन हुन नपाउने कानुन बनाई  मौलिक अधिकारलाई  बिशेष कानुन बनाइ त्यसको रक्षा गरिनेछ ।
२६. स्वास्थ क्षेत्रमा नागरिकलाई  हेल्थ कार्डको ब्यबस्था गर्ने  र निम्न वर्गलाई  फ्री ,मध्य बर्गलाई  ५०%  छुट र धनीलाई २०% छुट दिने ब्यबस्थाको स्वास्थ उपचार निति बनाइनेछ ।

बि बि खराल , अन्तराष्ट्रिय नेपाली समाज कतारको संयोजक हुनुहुन्छ ,वहाँको योजनाहरु ब्यक्तिगत  बिचार हुन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution