हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

गणतन्त्रको फल मिठो लाग्ने, अनि हामीलाई हत्यारा र आतंककारी भन्न पाइन्छ ? : डा. बाबुराम भट्टराई

uk

नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायत (नयाँ शक्ति पार्टी)ले  बेलायतस्थित अल्डरसटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रश्न गरे, ‘कतिपय साथीहरुले विषयान्तर गरेर मान्छे मारेकाबाट अब विकास कसरी सम्भव छ भन्नुहुन्छ । शहीदले बलिदान नदिई विश्वमा कहाँ परिवर्तन र लोकतन्त्र आएको छ ? गणतन्त्रको फल मिठो लाग्ने, अनि हामीलाई हत्यारा र आतंककारी भन्न पाइन्छ ?’

क्रान्तिका बेला अप्रिय घट्ना स्वभाविक हुने जनाउँदै उनले सत्य निरुपण र मेलमिलाप आयोगमार्फत युद्धका बेला ज्यादती भएको भए आवश्यक प्रक्रिया गरेर दण्डित गर्न सुझाए ।

सयौं नेपाली सहभागी अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालीहरुको एउटै भोक र तिर्खा विकास र समृद्धि भएको बताए । ‘जुनसुकै कोण, विचारधारा र पार्टीबाट भएपनि सबैको चासो र चिन्ता गरिबी, बेरोजगारी र पछौटेपन छिटोभन्दा छिटो अन्त्य गर्नुपर्छ भन्ने छ,’ उनले भने ।

बेलायतमा पनि प्रजातन्त्र आएको धेरै समयपछि १८ औं शताब्दीमा औद्योगिक क्रान्ति आएको स्मरण गर्दै उनले राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति नहुने दृष्टान्त पेश गरे । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अब विकास र समृद्धि सम्भव छ,’ उनले भने, ‘यसैका लागि म माओवादीमा राम्रो सम्भावना हुँदाहँुदै एक्लै नयाँ शक्तिमा लागें ।’ समृद्धिका लागि लोकतन्त्रको ढाँचा अझ उन्नत गर्न जरुरी रहेको उनले बताए ।

नेपालमा शासकीय प्रणालीले स्थिर सरकार नदिने बताउँदै उनले राजनीतिक स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देश जानुपर्ने बताए ।@एकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution