गायिका कला राईको एकल एल्बम “इशारा” बजारमा आउँदै

युवापुस्ताका चर्चित गायिका कला राईको अहिले सम्म वजारमा “ कला ”, “अफर ” र “लुक्स ” म्युजिकल एल्वमहरु सार्वजनिक भइसकेको छ ।
अधिराज्यव्यापी लोकगीत प्रतियोगितमा उनी प्रथम भएकी थिइन् । अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा भने दोस्रो। त्यतिमात्रै होइन, उनी केएटीएच संगीत प्रतियोगितामा पहिलो र ब्राइटर तिम्रो सुर मेरो गीतमा दोस्रो भएकी थिइन् |
साङितिक क्षेत्रमा लागेर राइले सम्पुर्ण दर्शक तथा स्रोताको अपार माया पाएकी छिन । यो माया र सद्भाव जिबनको अन्त्य सम्म पाइरहने आशाका साथ अगाडि बढिरहेकी छिन।कला भन्छिन मेरो दर्शकस्रोता नै मैले कमाएको मुल्यबान सम्पती हुन् । कला अहिले विभिन्न स्टेज प्रोग्राम,आफ्नो एल्बम प्रोमोसन र गित रेकर्डिङमा नै समय बिताउछिन् । देश बिदेशमा हुने कन्सर्ट्ले गर्दा यस क्षेत्रमा बाच्ने आधार बनाइदियको गायिका राई बताउछिन्।
भरखरै हङकङको सांगीतिक कार्यक्रम सकेर नेपाल आएकी कलाले एकल एल्बम “इशारा” बजारमा लिएर आउने भएकी छिन । “इशारा ” उनको चौथो एल्बम हो । ” इशारा ” एल्बममा आधुनिक लोक र पप गितहरु समेटिएका छन् । सो एल्बममा ६ वटा गितहरु छन् । जुन एल्बममा ” इशाराले बोलाउने” , ” बिनायो मुर्चुङ्गा” , ” धेरै रोय” , “लाग्छ माया” , “फुल फुल्यो चमेली ” र “साकेला नाचौ” रहेको बताएकी छिन । गायिका कला भन्छिन अहिले सबै गित रेकर्ड भैसक्यो अब म्युजिक भिडियोको तयारिमा छु ।