सांसदको न्युनतम सुविधा एक लाख ८५ हजार प्रस्ताव

काठमाडौं, कात्तिक ३० – सरकारले व्यवस्थापिका संसदका सदस्यको न्युनतम सुविधा एक लाख ८५ हजार ७ सय ३० रुपैयाँ प्रस्ताव गरेको छ । सरकारले केही दिनअघि संसदमा पेश गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मार्फत सांसदहरुको सुविधा बढाउने प्रस्ताव गरेको हो ।
सांसदको सुविधा कम भएको भन्दै गुनासो आइरहेका बेला झण्डै दोब्बर हुने गरी सुविधा बढाउन लागिएको हो । अहिले सांसदहरुले ९७ हजार २ सय रुपैयाँ पाउँदै आएका छन् । आइतबार सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टे सयम दिइएको विधेकयमा १८ वटा शीर्षकमा राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख, उपसभामुख र सांसदको सुविधा निर्धारण गर्न लागेको हो । प्रचलित संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमक र सुविधा सम्बन्धी ऐन २०५२ खारेज गरेर नयाँ ऐन ल्याउन लागेको हो ।
प्रस्तावित विधेयकमा सांसदले पारिश्रमिक बापत ५५ हजार २ सय ३०, दैनिक भक्ता दुई हजार पाँच सय, विशेष भक्ता बापत मासिक एक हजार, सञ्चार सुविधा तीन हजार, आवाज १८ हजार, बिजुली धारा दुई हजार, बैठक चलेको दिन यातायात भक्ता एक हजार, बैठक भक्ता पाँच सय रुपैयाँ प्रस्ताव गरिएको छ । सांसदलाई अधिकृत सो सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था पनि विधेयकमा गरिएको छ । अधिकृतले अहिले ३१ हजार पाँच सय तलब पाउँदै आएका छन् ।
विधेयकमा सभामुखका लागि आवाज, गाडीसहित एक लाख ९३ हजार पाँच सय ९५ प्रस्ताव गरिएको छ । सभामुखले सहसचिव सो सरहको स्वकीय सचिव राख्न पाउने प्रावधान राखिएको छ । सहसचिवले ४१ हजार एक सय ५० तलब पाउँदै आएका छन् ।
राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख, उपसभामुख र सांसदको प्रस्तावित सुविधा यस्तो छ – @ उज्ज्यालोअनलाइन |