हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

अमेरिकामा लुकेर बसेका सबै आप्रवासीलाई देश निकाला गर्छु – डोनाल्ड ट्रम्प

8

काठमाडौं, २९ कात्तिक — सीबीएस टिभीसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले बीसदेखि तीस लाख कागजातविहीन आप्रवासीहरूलाई देशनिकाला गर्ने बताएका छन् ।

‘अपराधीहरू अनि आपराधिक अभिलेख भएका, ग्याङका सदस्यहरू, लागूऔषध व्यापारीहरूलाई कि त देशबाहिर निकाल्छौं कि त देशकै कारागारमा थुन्छौं,’ सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा बोल्दै उनले बताए, ‘उनीहरूलाई निकाल्ने नै हो किनकि उनीहरू यहाँ अवैध रूपमा बसेका छन् ।’

सिमानालाई सुरक्षित गरेपछि आप्रवासी मामिला हेर्ने अधिकारीहरूले बाँकी अवैध आप्रवासीमाथि विचार गर्ने उनले बताए ।
सीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू अत्यन्त भद्र मानिस भएको र राष्ट्रपतिका रूपमा राम्रो व्यवहार देखाउने बताएका छन् । ‘परिस्थिति अनुसार मेरो व्यवहार हुन्छ,’ उनले भने ।

यसैबीच ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । ट्रम्पको कार्यालयले सोमवार एक प्रेस विज्ञप्ति निकालेर यसको जानकारी गराएको हो ।‘कलका दौरान यी दुई नेताले एकअर्काप्रति पारस्परिक सम्मान देखाउँदै दुवै देशलाई अघि बढाउन सम्बन्ध मजबुत बनाउने कुरा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

ट्रम्प राष्ट्रपतिका रूपमा ह्वाइट हाउस छिर्नका लागि विविध कार्य गरिरहेका छन् । उनले रिपब्लिकन पार्टीका अध्यक्ष रेइन्स प्रीबसलाई ह्वाइट हाउको मुख्यसचिव बनाएका छन् भने स्टिफज ब्यानोनलाई प्रमुख रणनीतिकार र वरिष्ठ सल्लाहकार नियुक्त गरेका छन् ।

प्रीबसलाई नियुक्ति गर्नुको पछाडि रिपब्लिकन पार्टीसँगको सम्बन्ध सुधार्नु ट्रम्पको उद्देश्य देखिन्छ भने ब्यानोन चाहिँ घोर दक्षिणपन्थी व्यक्ति हुन् ।यसैबीच ट्रम्पले राष्ट्रपतिका रूपमा पाउने वार्षिक ४० लाख डलर तलब नलिने घोषणा गरेका छन् । कानून अनुसार तलब लिनैपर्ने भएकाले उनले एक डलर लिने बताएका छन् ।त्यसैगरी ट्रम्पले आफ्ना समर्थकहरूलाई अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । ट्रम्पको विजयपछि विशेषगरी मुसलमानहरूमाथि देशैभरि आक्रमणका छिटपुट घटना भएका छन् ।

@एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution