जुत्तामा लुकाई दुई लाख भारतीय रुपैयाँ ल्याउने युवक पक्राउ

कात्तिक २९, पर्सा प्रहरीले दुई लाख भारतीय रुपैयाँ र नेपाली ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। वीरगन्ज उपमहानगरपालिका–१६ बस्ने १७ वर्षीय मनु तिवारीलाई २ लाख भारतीय रुपैयाँ र नेपाली ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार सोही उपमहानगरपालिका–१९ मा उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लगाएको दुबै खुट्टाको जुत्तामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त रुपैयाँ बरामद भएको थियो ।