हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

डोनाल्ड ट्रम्पको परिवारका सदस्यहरुको छोटो जानकारी

1

डोनाल्ड ट्रम्पले न्युयोर्क स्थित एक होटलको कोठाबाट आफ्नो सम्पूर्ण परिवारका सदस्यको उपस्थितिमा विजयी भाषण गरे। अब अमेरिकाको नयाँ प्रथम परिवारका सदस्यहरु को को हुन् त?

१. ब्यारन ट्रम्प : मेलानियामार्फत जन्मिएका डोनाल्ड ट्रम्पका एक मात्र सन्तान हुन्। चुनावी अभियानका क्रममा संक्षिप्त उपस्थिति जनाएपनि उनलाई अधिकांश समय चर्चा भन्दा बाहिर नै राखिएको थियो। १० वर्षे उनी आफ्ना पितासँग गल्फ खेल्छन् र आफ्नी आमाको स्लोभेनियन मातृभाषा समेत राम्ररी बोल्न सक्ने बताइन्छ।

२. मेलानिया ट्रम्प: स्लोभेनियामा जन्मिएकी पूर्व मोडल हुन् र उनको विवाह डोनाल्ड ट्रम्पसँग सन् २००५ जेनवरीमा भएको थियो। आफ्ना पतिले महिलालाई जथाभावी छोएर दुर्व्यवहार गरेको दाबी सहितको भिडियो चुनावी अभियानका क्रममा सार्वजनिक हुँदा समेत उनी ट्रम्पको पक्षमा उभिएकी थिइन्। सन् २०१६ को जुलाईमा रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनका क्रममा उनले दिएको मन्त्वय सन् २००८ मा मिसेल ओबामाले दिएको सम्बोधनबाट चोरिएको भन्ने आरोप लागेपछि उनी समाचारहरुमा छाएकी थिइन्। अक्टोबरमा सीएनएन समाचार संस्थालाई दिएको अन्तरवार्तामा आफ्नो श्रीमानको कुन व्यवहारमा परिवर्तन ल्याउने चाहना छ भनेर उनलाई सोधिएको थियो। त्यसको जवाफमा उनले श्रीमानको समाजिक सञ्जाल ट्विटरमा ‘ट्विट’ गर्ने बानी बदल्न चाहेको बताएकी थिइन्।

2

३. ज्यारेड कुश्नर : डोनाल्डकी जेठी छोरी इभान्काका श्रीमान हुन्। कुश्नर न्युयोर्कका एक जना प्रमुख घर जग्गा व्यवसायीका छोरा हुन् र उनी १० वर्षदेखि न्युयोर्कको साप्ताहिक अखबार द अब्जर्भरका मालिक पनि रहेका छन्। यहुदी समुदायका कुश्नरले डोनाल्ड ट्रम्पले एउटा ट्विटमा हिलरी क्लिन्टनलाई आलोचना गर्ने क्रममा ‘स्टार अफ डेविड’ भनिने धार्मिक महत्वको षटकोणको चिन्ह प्रयोग गर्दा त्यसको प्रतिरक्षा गरेपछि आफ्नै परिवारका सदस्य समेत उनीबाट रिसाएको बताइन्छ। आफ्नै अखबारमा उनले त्यसबेला लेखेका थिए: “मेरो ससुरा यहुदी विरोधी हुनुहुन्न, मेरा ससुराका कुरालाई सहजै खारेज गर्ने पत्रकार र ट्विटर प्रयोगकर्ता र म बीच एउटा सामान्य फरक छ, म उहाँलाई चिन्छु तर उनीहरु चिन्दैनन्।”

४. इभान्का ट्रम्प :सम्भवत डोनाल्ड ट्रम्पकी सबैभन्दा चर्चित सन्तान हुन् र उनको  पहिलो श्रीमती इभानाकी छोरी हुन्। आफ्नो किशोरावस्थामा मोडल रहेकी उनी अहिले ‘द ट्रम्प अर्गनिजेसन’ की उपाध्यक्ष छिन् र उनी आफ्ना पिताको टेलिभिजन कार्यक्रम ‘द अप्रेन्टिस’ की एक जना निर्णायक समेत रहेकी थिइन्। सन् २००९ मा ज्यारेडसँग विवाह गरेपछि उनले यहुदी धर्म अँगालेकी थिइन्। रिपब्लिकन राष्ट्रिय कँग्रेसलाई दिएको मन्तव्यका क्रममा उनले आफ्ना पिताले महिला अधिकारप्रति समर्थन जनाएको भन्दै साथ दिइन्। “आँफै एक महिला भएको र तीन सन्तानको आमा भएको हुनाले मलाई थहा छ परिवारलाई हुर्काउँदै काम गर्न कति गाह्रो छ, र मलाई थहा छ कि म अधिकांश भन्दा बढी भाग्यमानी छु। अमेरिकी परिवारहरुलाई राहत चाहिएको छ, बालबच्चा भएका महिलाको उन्नति गर्ने नीतिहरु बेला बेलामा उठ्ने विषय नभई दिगो मुद्दा हुनुपर्छ।”

4
‍५. टिफनी ट्रम्प: पूर्व नायिका र टेलिभिजन प्रस्तोता रहेकी डोनाल्ड ट्रम्पकी दोस्री श्रीमती मार्ला म्यापल्सबाट जन्मिएकी सन्तान हुन्। उनी आफ्नो मनमोहक जीवनशैली दर्शाउने विवरणहरु सार्वजनिक गर्न ट्विटर र इन्स्टाग्रामको अत्याधिक प्रयोग गर्ने गर्छिन्। चुनावी अभियानका क्रममा एकदमै पर्दा पछाडी बसेकी उनले पार्टि सम्मेलनका बेलामा दिएको भाषणको ट्रम्पले प्रशंसा गरेका थिए। आफ्नो सम्बोधनमा टिफनीले आफ्ना पिता जन्मजात प्रेरणादायी व्यक्ति भएको बताएकी थिइन्।

६. भनेसा हेडन ट्रम्प :  सन् २००५ नोभेम्बरमा डोनाल्ड ट्रम्प जुनियरसँग विवाह गरेकी थिइन्। उक्त जोडीका ५ जना बच्चा छन् जसमध्ये ८ वर्षे काई पनि तस्विरमा देखिन्छन्। बच्चा अवस्थादेखि नै मोडलिङमा लागेकी भनेसाले एक समयमा चर्चित हलिवुड अभिनेता लियोनार्दो डिक्याप्रिओसँग पनि प्रेमसम्बन्ध राखेकी थिइन्। उनी आफ्ना देवर एरिकको परोपकारी संस्थाको कार्यकारी समितिमा पनि छिन्। उनले आफ्नो घरमा नै बन्दुक राख्ने गर्छिन्। गोली चल्दा आवाज नआउने ‘साइलेन्सर’ निर्माण गर्ने कम्पनी साइलेन्सरकोमा छापिएको एउटा अन्तरवार्ता अनुसार गोप्य रुपमा हतियार राख्ने अनुमति पनि उनलाई छ र नियमित रुपमा उनले बन्दुक चलाउने गरेकी छन्।

6

७. काइ ट्रम्प डोनाल्ड जुनियर र भनेसाका ५ सन्तानमध्ये जेठा सन्तान हुन्।

८. डोनाल्ड ट्रम्प जुनियर :डोनाल्ड ट्रम्पको पहिलो श्रीमती इभानाबाट जन्मिएका जेठा छोरा हुन्। अहिले उनी ‘द ट्रम्प अर्गनिजेसन’ का कार्यकारी उपाध्यक्ष छन्। आफ्ना पिताले एउटा फेसन सोका क्रममा परिचय गराएकी भनेसा हेडनसँग उनले विवाह गरेका थिए। उनको जीवनशैली पनि विवादमुक्त रहेको छैन। मारिएका चितुवा र गोही लगायतका जनावरसँग खिचाइएका तस्वीर बाहिर आएपछि उनी र उनका भाइ एरिकको शिकार खेल प्रतिको मोहको आलोचना भएको थियो। डोनाल्ड जुनियरको हात्तीको चुँडिएको पुच्छर समाइरहेको तस्वीर पनि बाहिर आएको थियो।

8

९. एरिक ट्रम्प इभानाबाट जन्मिएका ट्रम्पका तेश्रा सन्तान हुन्। आफ्ना दाजुबहिनी जस्तै उनी पनि ‘द ट्रम्प अर्गनिजेशन’ का कार्यकारी उपाध्यक्ष हुन्। भर्जिनियामा रहेको ट्रम्प वाइनेरीका अध्यक्ष रहेका उनी देशबाहिर रहेका ट्रम्पका गल्फ क्लबहरु पनि हेर्ने गर्छन्। सन् २००६ मा उनले एरिक ट्रम्प फाउन्डेशनको स्थापना गरेका थिए जसमार्फत घातक रोगहरुसँग लडिरहेका बालबालिकाको उपचार सम्बन्धी अनुसन्धानका लागि दुई करोड ८० लाख डलर उपलब्ध गराउने घोषणा गरिएको थियो। आफ्ना दाजु डोनाल्ड जुनियर जस्तै उनको पनि, सन् २०१० को जिम्बाब्वेमा गरिएको शिकार भ्रमणको, आलोचना भएको थियो। आफ्ना पिताको समर्थनमा मतदान गर्न पाउन ठूलो सम्मान भएको उल्लेख गर्दै उनले मतदानको दिन आफ्नो मतपत्र सहितको तस्वीर ट्विट गरेका थिए जसबाट कानुनको उल्लंघन समेत भएको हुनसक्छ।

१०. लारा युनास्का एक जना पूर्व टेलिभिजन कार्यक्रम उत्पादक र घोडचढ्ढीकी शौखीन हुन् र ट्रम्पका छोरा एरिकसँग सन् २०१४ मा उनको विवाह भएको थियो। आफ्नो विवाहको दुई हप्ता अघि उनको घोडचढ्ढीका क्रममा लडेर दुवै नाडी भाँचिएका थिए। उक्त जोडीका कुनै सन्तान छैन तर उनीहरुले एउटा कुकुर पालेका छन्। पशुअधिकार वकालतकर्ता रहेकी लाराले आफ्ना श्रीमानको शिकार शौख प्रति कस्तो धारणा राख्छिन अझै खुलिसकेको छैन्। उनी अमेरिकाको ठूलो परोपकारी संस्था मध्ये रहेको ट्रम्प फाउन्डेशनमा पनि आवद्ध छिन्। नोभेम्बर ६ मा फक्स न्यूजलाई दिएको एउटा अन्तरवार्तामा उनले भनेकी थिइन्, “ हिलरी क्लिन्टन जस्ता उम्मेदवारले महिला भएकै कारणले मात्रै महिलाहरुले उनीहरुलाई मत खसाल्छन् भन्ने ठानेर सम्पूर्ण महिलाकै अपमान गरिरहेका छन्, त्यस्तो सोच्नु हाँसउठ्दो र अपमानजनक हो।”






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution