हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले किन दिए प्रचण्डलाई १५ दिने म्याद ?

upendra-yadav

२९ कात्तिक, काठमाडौं । ‘हामीले मन्त्री बन्न र झण्डा हल्लाउन मात्रै भोट दिएको होइन… यदि सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ता गरेन भने हामी अझ कडा कदम लिन्छौं । सडकमा जान्छौं र सरकारविरुद्ध लडाइँ लड्छौं’

सोमबार व्यवस्थापिका संसदको बैठकमा मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले यसो भनिरहँदा मोर्चासहितको संघीय गठवन्धनले प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरिरहेको थियो । र, गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयक ल्याउन सरकारलाई थप १५ दिने म्याद दिएको घोषणा गरे । यो घोषणाले संसदमा कर्णले दिएको कात्तिक मसान्तको चेतावनीको स्वतः खण्डित भएको छ ।

यति लामो समय प्रधानमन्त्रीले पनि मागेका थिएनन् । उनले त मैले त २५ गते नै दर्ता गर्नु भनेको, कांग्रेस सभापतिले समय माग्नुभो । आजभोलिमै संशोधन गर्दा गर्छौं भन्दै थिए । प्रधानमन्त्रीले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्छु भनेका थिए, तर उपेन्द्र यादवले १५ दिनको समय दिए ।

गठबन्धन अध्यक्ष यादवले आफैं १५ दिन समय दिने घोषणा किन गरे ? यो अनपेक्षित घोषणापछि मधेसी मोर्चाका नेताहरु आश्चर्यमा परेका छन् । ‘केे भयो र कहाँबाट यो आयो भनेर हामी त आश्चर्यमा पर्‍यौं’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने, ‘हामीसँग कुनै छलफल नै भएको थिएन ।’

सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि थप १५ दिन समय दिने आफूहरुलाई जानकारी नभएको बताए । उनले भने, खै कहाँबाट आयो कहाँबाट ?’

प्रधानमन्त्रीसँगको भेटपछि मोर्चाका केही नेताले यसबारे उपेन्द्र यादवलाई प्रश्न गरेका थिए । तर, उनले अल्टिमेटम दिँदा समय दिनुपर्छ भन्ने तर्क गरे ।

भेटमा सहभागी एक नेताका अनुसार यादवले प्रचण्डसँग आफूहरुको सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने माग राखेका थिए । यो पनि मोर्चाका नेताहरुलाई चित्त बुझेको छैन ।

‘प्रस्ताव दर्ता गर्दा नै सहमति जुटाउन थाल्ने हो भने त सम्भव हुँदैन’ मोर्चाका नेता भन्छन्, ‘यो कुरा प्रधानमन्त्रीले पनि भन्नुभएको छ ।’ @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution