हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

के ट्रम्प सुध्रिएकै हुन् त ?

अमेरिकी राष्ट्रपति पदमा नवनिर्वाचित डोनाल्ड ट्रम्प निर्वाचन ताका निकै आक्रमक देखिएका थिए । मेक्सिकोमा पर्खाल लगाउने देखी लिएर अमेरिकामा रहेका मुस्लिम लखेट्ने, अप्रवासीहरुलाई आफ्नै देश फिर्ता पठाउने लगायतका निकै चर्का भाषणा गरेर चर्चामा आइरहन्थे ।

निर्वाचनका ताका पनि उनले वर्तमान राष्ट्रपति बाराक ओबामाले ल्याएको ओबामा केयरको खुलेरै विरोध कगरेका थिए भने प्रतिद्धन्द्धी हिलारी क्लिन्टनको पनि खुलेरै आलोचना गर्ने गरेका थिए ।

तर बुधबार भएको राष्ट्रपतिय निर्वाचनपछि भने उनीमा एकाएक परिवर्तनहरु देखिन थालेका छन् ।चुनावी अभियानमा बाराक ओबामालाई गैर अमेरिकी भएको र राष्ट्रघाती आरोप लगाउँदै आएका ट्रम्पले पहिलोपटकको भेटपछि उनै ओबामालाई निकै असल मानिस रहेको प्रतिकृया दिएका थिए ।

त्यस्तै ओबामाले प्रस्तुत गरेको ओबामा केयरको पनि ट्रम्प कुनैबेला कट्टर आलोचक थिए । तर यस विषयमा पनि उनले ओबामासँगको भेटपछि बोली फेरेका छन् । अब आएर उनले भनेका छन्, ‘ ओबामा केयरका केही प्रावधानलाई निरन्तरता दिनेछु ।’

त्यस्तै आफ्नो चिर प्रतिद्धन्द्धी हिलारी क्लिन्टनलाई पनि राष्ट्रपतिका लागि अयोग्य महिला रहेको बताएका थिए । हिलारीलाई इमेलकाण्डसँग मुछेर उनले भनेका थिए, ‘उनी एक अपराधी हुन् । यदि म अमेरिकाको राष्ट्रपति भएँ भने जेल पठाउनेछु ।’

तर हिलारीविरुद्ध खरो उत्रिएका ट्रम्प अहिले आएर भने उनीप्रति निकै सफ्ट देखिन थालेका छन् । ट्रम्पले एउटा टेलिभिजन अन्तर्वाताका क्रममा ट्रम्पले हिलारीलाई निकै स्ट्रङ र पावरफुल ओमन भनेका छन् ।

उनले आफुले राष्ट्रपति पदमा निर्वाचित भएपछि क्लिन्टनको प्मले भरिएकाे टेलिफेान कल पाएकाे भन्दै पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनको तारिफ गरेका हुन् । श्रीमती र छोरासँगै उपस्थित भएर उनले भनेका छन्, ‘उनी एक बलियो प्रतिद्धन्द्धी थिइन् । उनलाई धेरैधेरै धन्यवाद् ।’

यिनै विविध र कडा टिप्पणीका कारण ट्रम्पलाई कुनैबेला राक्षसीको संज्ञा पनि दिइएको थियो । तर ट्रम्पको पछिल्ला अभिब्यक्तीले भने उनी राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि थप जिम्मेवार र संवेदनशील भएको अनुमान लगाउन थालिएको छ । त्यसो त कतिपयले अमेरिकामा उनी विरुद्ध भएको आन्दोलन मत्थर पार्नकै लागि ट्रम्पको यस्तो अभिब्यक्ती आएको हुनसक्ने अनुमान लगाएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution