हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

पराजित भएकोमा एफबीआइ निर्देशक दोषी – हिलरी क्लिन्टन

काठमाडौं, २८ कात्तिक। अमेरिकाको नयाँ राष्ट्रपति पदमा पराजित हिलरी क्लिन्टनले हालैको आश्चर्यजनक हार पछाडि त्यहाँको संघीय जाँच ब्युरो एफबीआइका निर्देशक जेम्स कोमी प्रमुख कारण रहेको आरोप लगाएकी छन्।

कोमीले चुनाव आउन जम्मा एकसाता मात्रै बाँकी रहँदा आफू विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलहरुबारे पुन: अनुसन्धान थालिएको भनेर घोषणा गरेपछि त्यसले चुनावी अभियानको गतिलाई बिथोलिदिएको क्लिन्टनले बताइन्।

चुनावको तीन दिनअघि अर्को घोषणा गर्दै कोमीले क्लिन्टनका इमेलहरुबारे एफबीआइले समीक्षा गर्दा त्यसमा उनको कुनै गल्ती नदेखिएको घोषणा गरेका थिए। “क्लिन्टन आफ्ना ठूला दाताहरुसँग सामूहिक टेलिफोन कुराकानीमा थिइन्। र, उनले आफ्नो हारका लागि जेम्स कोमीलाई दोष लगाएको बताइएको छ।”

यसैबीच अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पविरुद्ध गरिएका प्रदर्शनको चौथो दिन पनि न्यूयोर्क, शिकागो र लस एन्जलसमा हजारौं प्रदर्शनकारीहरु विरोधमा भाग लिइरहेका छन्। न्यूयोर्कमा प्रहरीहरुले युनियन सक्वायरमा पुग्न चाहने प्रदर्शनकारीहरुलाई पछाडि धकेलेका थिए। अन्य प्रदर्शनकारीहरु भने ट्रम्पको घर, ट्रम्प टावर र उनको कार्यालयतर्फ र्याली गर्दै अगाडि बढेका थिए।

प्रदर्शनका क्रममा ट्रम्पका आलोचक रहेका वृत्तचित्र निर्माता माइकल मोअर क्यामेराको टोलीसहित ट्रम्प टावरको लबीभित्र छिरेर ट्रम्पलाई भेट्न चाहेको बताएका थिए।तर उनलाई प्रवेशमा रोक लगाइयो।त्यसको केही क्षणमै युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्छ भन्ने अभियानका प्रमुख व्यक्ति नाइजल फराज त्यहाँ देखा परे।उनलाई भने भित्र पस्न दिइयो र उनी नै राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पसँग भेट्ने पहिलो ब्रिटिश नेता भए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution