श्रीमतीले आफ्नै श्रीमानलाई बन्चरोले गर्धनमा हानेर घाइते

जाजरकोट, कात्तिक २८ – घरायसी विवादका कारण जाजरकोटमा श्रीमतीले आफ्नै श्रीमानलाई बन्चरोले हानेर गम्भीर घाइते बनाएकी छन् ।
झाप्रा–७ काफ्लाकी कल्पना विसी पुनले श्रीमान गगन पुनलाई गर्धनमा बन्चरोले हानेर गम्भीर घाइते बनाएकी हुन् । घाएते गगन पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागी नेपालगञ्ज लगिएको छ ।
प्रहरी निरीक्षक हिक्मत बोहराले घरायसी विवादका कारण श्रीमानको हत्या गर्ने उद्देश्यले बञ्चरो हानेको हुनसक्ने जानकारी दिएका छन् । कल्पनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।