हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सुत्केरीलाई घर निकाला गरेपछि विचल्लीमा

सप्तरी, कात्तिक २८ – प्रेम विवाह गरेकी सरस्वती चौधरी सासु, ससुरा र जेठाजुद्वारा घर निकाला गरिएपछि बिचल्लीमा पर्नुभएको छ ।डेढ वर्ष अघि सप्तरीको रायपुर–८ का २२ वर्षे प्रकाश यादवसँग प्रेम विवाह गरी घर भित्रिएकी रायपुरकै २० वर्षे सरस्वती चौधरी अहिले घर निकाला गरेपछि विचल्लीमा पर्नुभएको हो ।

गाउँमा आफ्नो बारेमा कुनै सुनुवाई नभएपछि २० दिने छोरासहित न्याय खोज्दै आइतवार सदरमुकाम राजविराज आइपुगेको चौधरीले बताउनुभएको छ । उहाँले न्यायका लागि पहल गरिदिन पनि आग्रह गर्नुभएको छ । उहाँले डेढ वर्षदेखि पति प्रकाशसँग मिलेर बस्दै आए पनि केही दिन यता ससुरा परशुराम, सासु तथा जेठाजु लालले घर छाड्न दबाब दिनुका साथै शारीरिक र मानसिक यातना दिन थालेकाले घर छाड्न बाध्य भएको बताउनुभयो ।

प्रकाशको अर्कै बिहे गर्ने उद्देश्यले यस्तो षडयन्त्र बुनिएको उहाँको भनाई छ । घर नछाडे ज्यानै मार्नेसम्म धम्की दिने गरेका सासु, ससुरा र जेठाजुले पछिल्लो पटक कात्तिक ३ गते पति प्रकाश घर बाहिर रहेको मौका छोपी कुटपिट गर्दै घर निकाला गरेको उहाँले बताउनुभयो ।

गर्भवती अवस्थामै घर निकालामा परेकी सरस्वतीले कात्तिक ५ गते माइतमै छोरो जन्माउनुभएको थियो । पति प्रकाशको भने अहिले अत्तोपत्तो छैन ।

सरस्वतीले पनि प्रकाशलाई पटक–पटक मोवाइलमा सम्पर्क गर्न खोज्दा स्वीच अफ गरिएको बताउनुभयो । ‘श्रीमान प्रकाशलाई मसँग सम्बन्ध छोडाउन सासु, ससुरा र जेठाजुको मिलेमतोमा भगाइएको हो’ उहाँले भन्नुभयो– ‘अब यो काखे बालक र आफ्नो गुजारा कसरी चल्छ, यही पिरले निन्द्रा र भोक सबै हराएको छ ।’

यस विषयमा गाउँमा पटक–पटक बैठक बसी परशुरामले सरस्वतीलाई बुहारी स्वीकार्ने र अब कुनै किसिमको दुव्र्यवहार नगर्ने बाचा गरेपनि व्यवहारमा त्यसो नदेखिएको स्थानीयबासिन्दा विशेश्वर चौधरीले बताउनुभयो ।

यसबारे पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको छ । उजुरीमा घर निकालामा परेकी सरस्वतीलाई पुनः घर भित्र्याउने तथा शान्ति सुरक्षाका साथ बस्न पाउने वातावरणका लागि आग्रह गरिएको पीडित युवतीकी आमा चिन्ता देवीले बताउनुभयो । प्रहरीले यसबारे तत्कालै अनुसन्धान गरी आवश्यक कारबाही गर्ने आश्वासन दिएको छ । @ उज्यालो अनलाईन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution