एमालेका नेता माधवकुमार नेपाललाई सिरहामा कालोझण्डा

सिरहा– नेकपा एमालेका नेता माधवकुमार नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार कालोझण्डा देखाएका छन् ।नेपालले मधेस विरोध गतिविधि गरेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताहरुले लहानमा नेपालद्वारा आयोजित पत्रकार सम्मेलनस्थलमै पुगेर कालोझण्डा देखाएका हुन् ।
पत्रकार सम्मेलन भईरहेको लहानस्थित विशाल होटलको अगाडी उनीविरुद्ध नारावाजीगर्दै मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।
मोर्चाको कालोझण्डाका बीच पत्रकार सम्मेलनमा नेता नेपालले स्थानीय निकायको निर्वाचन नभएका कारण जनप्रतिनिधि विहीनको अवस्थामा अरबौं रुपैयाँ दुुरुपयोग भइरहेकाले पुरानै संरचनामा भए पनि केही अवधिभित्रै स्थानीय निकायको चुुनाव हुुने ठोकुुवा गरे ।
एक अर्को प्रसंगमा नेपालीहरु नै राष्ट्रप्रमुुख बन्न योग्य रहेकोले अंगीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जाने माग गलत भएको टिप्पणी गर्दै उनले अंगीकृतको नाममा मधेशी जनतालाई राष्ट्राध्यक्ष बनाउने माग नभई विदेशीहरुको ढोका खोल्ने कुरा भएकोले यो कुुनै पनि हालतमा स्वीकार्य नहुुने बताए ।
नेता नेपालले संविधान संशोधनको बारेमा आफूू र आफ्नो पार्टीलाई आधिकारिक जानकारी नभएकोले संविधानलाई संशोधन गर्ने बारेमा सर्बपक्षीय सहमतिको आधारमा मिलेर जानुुपर्ने बताएको समाचार रातोपाटीमा छ |