हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ड्राइभर श्रीमान तावा तामाङ र खलासी श्रीमती सुशीला सुशीला तामाङको ‘श्रीमान-श्रीमती एक्सप्रेस’

driver-husband
काठमाडौं – ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक… छिट्टो छिट्टो आउनुस्… ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….।
लगनखेल बसपार्कमा सोमवार एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् ।

जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै हेर्दै थिए ।

उनले बायाँ हातमा चानचुन बीस, दश र पाँचका नोटहरू समातेकी थिइन् । उनी हुन् सुशीला तामाङ।

श्रीमान् तावा तामाङ र श्रीमती सुशीला

ड्राइभर श्रीमान् तावा तामाङकी श्रीमती हुन् उनी । पैसा उठाउने र मान्छे बोलाउने काम सुशीलाको हो ।श्रीमानश्रीमती दुवै मिलेर भक्तपुर ७ नम्बर रुटमा चल्ने बा ४ ख १५३७ नम्बरको मिनीबस चलाउँछन् । श्रीमतीले सहचालकको काम गरेकी छन् । भक्तपुर एक्सप्रेसलाई खासमा मान्छेहरू ‘दाइभाउजु एक्सप्रेस’, ‘बुढाबुढी एक्सप्रेस’ अनि ‘श्रीमानश्रीमती एक्सप्रेस’ले चिन्छन् ।

यो गाडीको रुट भक्तपुर कमलविनायकबाट लगनखेल, बागबजार र नयाँबसपार्कसम्म चल्ने गर्दछ । डेढ वर्षअघि साहुको ऋण गरेर साउदी गएका श्रीमान् म्यानपावरको चंगुलमा फँसेर गएको ४ महिनामै रित्तो हात स्वदेश फर्केका थिए ।

तावा तामाङ

श्रीमान् रित्तै हात घर फर्केपछि सुशीलाको परिवार चुर्लम्म ऋणमा डुबेको थियो । साहुको ऋण तिर्न सुशीलाको परिवारलाई काममा दिनरात खटिनुपर्ने बाध्यता आइपरेको थियो ।परिवार आर्थिक संकटमा डुबेपछि घरमा बसिरहेकी श्रीमती सुशीला तामाङलाई उनकी श्रीमानले आफूले चलाउने गाडीमा पैसा उठाउने काम गरिदिन आग्रह गरेका थिए ।

गाडीमा खलासी भएर कुनै महिलाले काम नगरेको समाजमा सुशीलालाई शुरूमा श्रीमान्को यो आग्रह निकै अनौठो लाग्यो । गाडीमा बस्ने अरू खलासीले यात्रुको पैसा लुकाउने र धेरै पैसा हिनामिना गरेको तावाले सुनाएपछि सुशीलाले सँगै मिलेर श्रीमानलाई सघाउने निर्णय गरिन् ।

सुशीला तामाङ

शुरूशुरूमा गाडीमा मान्छे बोलाउन लाज लाग्नेगरेको र श्रीमानले सिकाएपछि मात्र अहिले सुशीला फटाफट सबै ठाउँको नाम कण्ठ पार्दै यात्रु डाक्न सिपालु भइसकेकी छन् । गाडी रोक्न र गाडी हिँडाउनका लागि इशारा गर्ने सिट्ठी फुक्न उनी खप्पिस भएकी छन् । उनले सिट्ठी फुक्दा यात्रुहरूले रमाइलो मान्छन् ।

बिहान सबेर ५ बजेदेखि गाडी चलाउने उनीहरू बेलुकी ७ बजे काम सकेर घर फर्किन्छन् । ‘काम ठूलो सानो हुँदैन, घरखर्च चलाउन गाह्रो भएपछि जुनै काम गर्न पनि आँट आउँदो रहेछ,’ गाडीमा ‘खलासी’ बनेका सुशीलाले बताइन् ।

सुशीला अहिले गाडीमा पैसा उठाउने, गाडीभित्र यात्रुलाई मिले बसाउन र यात्रुलाई बोलाउन खप्पिस भइसकेकी छन् । गाडीभित्र पैसा उठाउँदा कार्ड हुनेले कार्ड र पैसा सँगै दिनुस् भन्दा कोही यात्रुले निहुँ खोज्ने पनि उनले बताइन् ।

पैसा गन्दै सुशीला तामाङ

कोही यात्रुले सुशीलालाई अनपढ जस्तो देखेर विद्यार्थी परिचयपत्र देखाउँदै कार्ड हेर्न आउँछ भनेर हेपेर सोध्ने गरेको र ‘आउँछ, डेट देखाइँदिऊँ भनी जवाफ दिँदा चुप लाग्ने गरेको सुशीलाले सुनाइन् । खासमा सुशीलालाई उनकी ठूली छोरीले परिचयपत्रको डेट हेर्न सिकाएकी रहिछन् । सुशीलाकी ठूली छोरी अहिले ६ कक्षामा पढ्छिन् ।
श्रीमान् श्रीमती दुवैले गाउँमा दुई कक्षाभन्दा माथि पढ्न पाएका छैनन् । घरमा दुई छोरा र एक छोरी छन् । आफूले पढ्न नपाएपनि छोराछोरीलाई जसरी पनि कम्तीमा एसएलसी पास गराउने धोको छ उनीहरूको ।
कोही यात्रु साह्रै फटाहा हुने गरेको भन्दै ‘के गर्ने चलाख भइएन भने त भाडा नै नदिइ भाग्ने गर्छन्,’ सुशीलाले सुनाइन् । एकचोटि गाडी लगनखेलबाट भक्तपुर गइराखेको थियो । त्योबेला गाडीभित्र दुईजना पाकेटमारले यात्रुको पैसा लुट्न खोज्दा पाकेटमारसँग भिडेको कथा सुनाइन् सुशीलाले ।
पाकेटमारसँग झगडा हुँदा आफ्नो लुगा च्यातेको र जिउमा घाउ समेत भएको तीतो स्मरण सुनाइन् । पछि लोकन्थलीमा पुगेर पाकेटमारलाई प्रहरीको जिम्मा लगाएको पनि धक फुकाउँदै सुनाइन् सुशीलाले ।

सुशीला तामाङ

कोहीले महिला खलासी भएको गाडीमा सुरक्षित महसूस गर्छन् भने कोहीले आफू सोझी देखेर ठग्न खोज्ने पनि सुशीलाले बताइन् । उनले भनिन्, ‘गाडीमा कोही वृद्ध, अपांग आयो भने उनीहरूलाई सीटमा बसाउँछु र ओराल्दा पनि हात समाएर बिस्तारै ओराल्ने गर्छु । यसो गर्दा यात्रु खुशी हुन्छन् ।’

आफ्नो श्रीमानको काममा सँगसँगै सघाउन पाउँदा सुशीला पनि दंग छिन् । श्रीमान् श्रीमतीको समान योगदानले घरपरिवार चलाउन पाएकोमा उनीहरू खुशी छन् । उनीहरूको लक्ष्य अब आफ्नै पैसाले गाडी किनेर चलाउने हाे ।

‘श्रीमान श्रीमती एक्सप्रेस’ चढ्न पाउँदा यात्रुहरू पनि खुशी देखिन्छन् । ‘मेरो काम देखेर कति त हाँस्छन्, कतिले राम्रो काम गर्नुभएछ भनेर प्रेरणा पनि दिन्छन्’, सुशीलाले लोकान्तरसँग भनिन्, ‘कुनै पनि काम सानो ठूलो हुँदैन, महिलाहरूले गर्न नसक्ने केही छैन । म यही भन्न चाहन्छु, परिश्रम गर्ने बेलामा घरमा हाई काडेर नबसौं ।’ @ लोकान्तर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution